नेपाल तामाङ घेदुङ चन्द्रपुर नगरको प्रथम अधिवेशन भदौ २८ गते रौतहटको चन्द्रपुर-२,चाँदी स्मृति पार्कमा सम्पन्न भएको छ । अधिवेशनले लालबहादुर दोङको अध्यक्षतामा १७ सदस्यीय नगर समिति चयन गरिएको छ ।
समितिको महिला उपाध्यक्ष लालीमाया तामाङ, पुरुष उपाध्यक्ष कुलबहादुर थोकर, कोषाध्यक्ष गौरी थिङ, सचिव सुकेन्द्र गोले, सहसचिव प्रकाश बम्जन चयन भएको छ । त्यसैगरी सदस्यहरुमा क्रमश: विरबल काजी बम्जन, सन्तोष पाख्रिन, लालीमाया घिसिङ, शेरबहादुर तामाङ, आशा लामा लगायत रहेका छन् ।
नगर घेदुङले तामाङ समुदायको उत्कृष्ट एक छात्रा, एक छात्र र प्राबिधिक धारमा उत्कृष्ट एक छात्रालाई सम्मान तथा नगद वितरण गरिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि संघीय घेदुङका अध्यक्ष मोहन गोलले शुभकामना मन्तव्यका क्रममा घेदुङले विश्वभरि छरिएर रहेका तामाङ समुदायका मुद्दामा राज्यसंँग लबिङ गरिरहेकाले विश्वभरिका तामाङ एकजुट हुनुपर्ने बताए । राज्यले तामाङ समुदायका मात्र होइन आदिवासी जनजातिका आरंक्षण कोटा समेत कटौती गरी संविधानको उल्लंघन गरेको छ, यो निन्दन कार्य हो,´ अध्यक्ष गोले भने ।
समारोहका विशेष अतिथि संघीय घेदुङका भाषा, लिपी साहित्य तथा प्रशिक्षण बिभागका प्रमुख काजीमान थिङले शुभकामना दिने क्रममा नेपालमा आदिमकालदेखि बसोबास गर्दै आएको तामाङ समुदायलाई नेपाल एकिकरणपछि संस्कृतिदेखि थर समेत परिवर्तन गर्न राज्यले बाध्य पारिएको बताए । थिङले थपे तामाङ समुदायलाई राज्य व्यवस्थालेनै पछि पारिएको स्मरण गर्दै लोकतान्त्रिक गणतन्त्र स्थापना भइसक्दा समेत राज्यको दृष्टिकोण परिवर्तन हुन नसक्दा तामाङ जातीको भबिष्य अन्यौलमै छन् ।
कार्यक्रममा प्रमुख आदिवासी जनजाती महासंघका रौतहटका अध्यक्ष रामआश्रय चौधरी, कछडीया समाजका राजु धामी, गुरुङ समाजका दण्ड गुरुङ, मगर संघका उत्तर बहादुर थापा, नेकपा चन्द्रपुर अध्यक्ष शिब आचार्य लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
समितिको अवधि ३ वर्ष रहनेछन् ।