कृषि उत्पादन कार्यक्रम लागू गर्न १० अर्ब विनियोजन 

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
84 Shares
काठमाडौं

सरकारले कृषि उत्पादन कार्यक्रम गर्न लागू गर्न १० अर्ब रुपैयाँ विनियोजन गरेको छ ।

सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सङ्घ, प्रदेश र स्थानीय तहमा कृषि उत्पादन कार्यक्रम लागु गर्न १० अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिएका हुन् ।

साथै उनले कृषि उत्पादनको समर्थन मूल्य तोकिने पनि जानकारी दिए ।

किसान हित कोष सञ्चालन गर्न एक अर्ब रुपैयाँ 

सरकारले किसान हित कोष सञ्चालनमा ल्याउने भएको छ । किसानको आत्म सम्मान र गौरव वृद्धि गर्न कोष सञ्चालनमा ल्याउन लागिएको अर्थमन्त्री जर्नादन शर्माले बताएका छन् ।

‘किसानको आत्मसम्मान र गौरव वृद्धि गर्न किसानसँग सरकार कार्यक्रम अन्तर्गत  योगदानमा आधारित किसान पेन्सन योजना  सुरुवात गर्न किसान हित कोषको सुरुवात गरिने छ,’ आइतबार संसद्मा आर्थिक वर्ष २०७९/८० बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले भने ।

कोषमा किसानले प्रत्येक महिना जम्मा गर्ने रकमको दश प्रतिशत रकम सरकारले जम्मा गरिदिने समेत उनले जनाए । कोष सञ्चालनको लागि बीज पुजी एक अर्ब रुपैयाँ छुट्ट्याइएको उनले बताए ।

सरकारले ५१० स्थानमा कृषि गर्भाधान कार्यक्रम ल्याउने भएको छ । नयाँ आर्थिक वर्ष २०७९/८० को बजेट भाषणमार्फत अर्थमन्त्री जनार्दन शर्माले देशभरका ५१० स्थानमा कृषि गर्भाधान कार्यक्रम लागु गर्ने बताएका हुन् ।

त्यसमा नश्ल सुधार गरेर पशुपन्क्षीको व्यवसायीकतालाई बढाउन सहयोग गर्ने उनको भनाई छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका