सचेतनाको साधारणसभा सम्पन्न

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
काठमाडाैं

बाल सचेतना केन्द्र नेपालको आठौं साधारणसभा भदौ २८ गते काठमाडौका जनकल्याण मावि महाँकालमा सम्पन्न भएको छ । साधारणसभावाट पुनः बाल सचेतनाका अध्यक्षमा बाबुराम फुयाललाई चयन गरेको छ ।

समितिका उपाध्यक्ष नारायण प्रसाद अधिकारी, सचिव बुद्धिमान लिम्बु र कोषाध्यक्षमा शर्मिला उप्रेतीरहेका छन् । त्यसैगरी सदस्यहरू क्रमशः झलकराज उप्रेती, फुलमाया लामा, उर्मिला श्रेष्ठ, सरिता श्रेष्ठ, मायालु लामा, अन्जना श्रेष्ठ, कल्पना अर्याल, जगन्नाथ फुयाँल, हिरा कुमारी बस्नेत, रीता केसी र अनिता अछामीलाई चयन गरिएका हुन् ।

कार्यक्रममा बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामाले शुभकामना मन्तव्य राख्ने क्रममा संस्थाले समाजमा उदाहरणीय कार्य गरेकोमा धन्यवाद दिए । अध्यक्ष लामाले विकास समितिले बाल सचेतनालाई पाँच लाख रुपैयाँ विनियोजन गरेका र संस्थासँग सहकार्य गरेर जाने बताए ।

कुनै पनि बालबालिकाले सडकमा जीवन गुजार्नु नपरोस् भन्ने उद्देश्यले सडक बालबालिकाको व्यवस्थापन, बालश्रम निमूर्लन र जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकाको जीवनमा परिवर्तन गर्न पनि आफूहरू लागिरहेको बाल सचेतनाका अध्यक्ष फुयालले बताए ।

बाल सचेतनाका उपाध्यक्ष नारायण प्रसाद अधिकारीले स्थानीय सरकार अधिकार सम्पन्न भएतापनि संघसंस्थाप्रति सहयोग नगरेका गुनासो गरे ।

महानगरपालिका वडा नम्बर ६ का कार्यपालिका सदस्य लक्ष्मी श्रेष्ठ, भोजपुरे सेवा समाजका अध्यक्ष पासाङ दोर्ची शेर्पा, सेवक नेपालका संयोजक रामदत्त जोशी, वरिष्ठ साहित्यका एवं कवि डा.विप्लव ढकाल, जनकल्याण माविका प्रशासक सुरेश कुमार कट्वाल, समाजसेवी बुढानिलकण्ठ नगरपालिका- १२ का शम्भु भट्टराई लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रममा आयोजकले जेष्ठ नागरिकहरुलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

 

 

 

 

 

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका