‘नेपाल मुवाथाई च्यामपियन’ हुने

काठमाडाैं

गोकर्णेश्वर मुवाथाई नगर कमिटीको आयोजनमा दुई दिने ‘नेपाल मुवाथाई च्यामपियन’ हुने भएको छ ।

असोज ३ र ४ गते गोकर्णेश्वर– ४ मा हुने प्रतियोगितामा विभिन्न तौलका १५० जनाभन्दा बढी खेलाडीहरु सहभागी हुने मंगलबार कान्तिपूर किचन होटेलमा पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिए ।

मुवाथाई मर्सलआर्टका ८ वटा विधा प्रयोग गरि एक फुल कन्ट्रयाक खेल हो । जसमा विपक्षि खेलाडीसँग खेल्दा हात खुट्टा इम्बोल्स, फिस्टस्, नी, र सिन्स (भ्दियधक, ाष्कतक, पलभभ र कजष्लक० को प्रयोग गरिन्छ । मुवाथाई खेलको सुरुवात थाईल्याण्डबाट भएको हो । यस खेललाई मार्सलआर्टको राजा मानिन्छ । खेल एक सताब्दी भन्दा पुरानो भइसकेको छ । मुवाथाई प्रोफेशनल खेल येम्बिचार सेमी प्रो र प्रोफशनल गरि तीन किसिमबाट खेलाइन्छ, पत्रकार सम्मेलनमा आयोजक संस्थाका अध्यक्ष सानुकान्छा श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा संघसंस्था, जिल्ला, नगर, क्लबका खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका