नेपालको बालबालिकाहरुका लागि ज्योति संस्थाले बालदिवसका अवसर पारेर पन्ध्रौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
ज्योति साधारणसभा शनिबार काठमाडौको तारकेश्वर नगरपालिका -१६ मा रहेका आफ्नै भवनमा वडासचिव गोविन्द लामिछानेले गरेको हो ।
वडासचिव लामिछानेले संस्थाले हालसम्म गरेका बालसंरक्षण कार्यका प्रशंसा गरे । उनले बालबालिकाहरू सम्बन्धी नयाँ नीति निर्माण भइरहेको अवस्थामा हरेक अन्योलता हटाउन सबैजना मिलेर समन्वय गर्दै अघि बढ्नुपर्ने बताए ।
बाल सचेतना केन्द्र नेपालका उपाध्यक्ष बाबुराम फुयालले शुभकामना मन्तव्यका क्रममा देशमा नयाँ कानून बनेलगत्तै बालकल्याण कार्यमा केही अन्यौलता रहेकाले हटाउन स्थानीय निकाय तहले विशेष ध्यान दिनुपर्ने बताए । उनले केन्द्र तर्फबाट दुई हजार रुपैंया आर्थिक सहयोग गरेका थिए ।
भविष्यका कर्णधार बालबालिकाहरुको अमूल्य जीवनलाई खेर फाल्नुहुन्न भन्ने उद्धेश्यका साथ १४ वर्षअघि स्थापित केन्द्रले साधारणसभासँगै राष्ट्रिय बाल दिवस २०७६ मनाएका थिए ।
कार्यक्रममा आयोजक, आत्मानिर्भर अनाथ आश्रम, पोसिबल नेपाल, धावा नेपाल लगायतका संस्थाबाट उपस्थित बालबालिकाहरुले आआफ्ना प्रतिभाहरू प्रस्तुत गरेका थिए ।
संस्थाले संस्थापक ममताकी खानी मानकुमारी खड्काले बालबालिहरुको खुसीनै आफ्न सबै थोक भएको बताइन् ।