मनोरञ्जन संवाद : चलचित्र टु: टीमको स्टोरी‚ हाइ अल्टिच्युटमा सकस (भिडियो)

काठमाडौं

तामाङ चलचित्र टु: (पसिना) अहिले विभिन्न स्थानमा च्यारिटी शो भइरहेको छ । कोरोनाको महामारीका कारण करिब २ वर्षसम्म कुनै पनि चलचित्रले प्रदर्शनमा आउन नसकेपछि अहिले चलचित्रहरू प्रदर्शन र च्यारिटी शोहरु भइरहेका छन् । यस्तैमा तामाङ चलचित्र टु: यो कोरोनापछिको च्यारिटी शो हो ।

चलचित्र प्रदर्शन अहिले काठमाडौँ‚ नुवाकोटमा विशेष शोहरु भइसकेका छन् भने रसुवाका धुन्चे‚ गोल्जोङमा हुने क्रममा रहेको निर्माण पक्षले जानकारी दिए ।

चलचित्रका निर्देशक रोशन फ्युबाले यो फिल्म बनाउन सकस भएको बताएका छन् । उनले यो फिल्म हाइ अल्टिच्युडमा गएर छायाङ्कन गर्नुपरेकोले पनि गाह्रो भएको थियो तर पनि फिल्मको कथावस्तु अनुसार न्याय दिन सकेको विश्वास दिलाए ।

फ्युबाले भने‚ ‘त्यो छायांङ्कनमा मौसम‚ स्थान र त्यहाँका बसार्इ सम्झिँदा रमाइलो पनि गाह्रो पनि भएको थियो ।’ उनले फिल्मको कथाले खोजेको जति पर्दामा ल्याउन सफल भएको बताए । लाप्साङकर्पो म्युजिकको छैटौँ प्रस्तुतिमा निर्मित फिल्ममा नुवाकोट र रसुवाको माथिल्लो भेगको समुदायको मौलिक तथा परम्परागत मूल्य र मान्यताहरू समेटिएको निर्देशक फ्युबाले बताए । उनले तामाङ चलचित्रले घाटा व्यहोर्नुपर्ने अवस्था नभएको बताए ।

यस्तै सैलुङअनलाइनको कुराकानीमा नायिका रुपा एस घलेले करिब ४२ सय मिटरको हाइटमा गएर फिल्म सुटिङ भने पहिलो पटक गरेको बताइन् । ‘यो अनुभव मात्रै नभएर मेरो लागि अवसर पनि थियो‚ उनले भनिन‚‘यो मेरो तेस्रो चलचित्र हो‚ अहिले टिमसँग काम गर्न कुनै असजिलो थिएन‚ तर सुटिङ स्थल गाह्रै थियो । फिल्म प्रदर्शनसम्म ल्याउन सफल भएकोमा खुसी छु ।’

यसै गरी नायिका युजिला मोक्तानले यसै चलचित्रबाट डेब्यु गरेकी छन् । चलचित्रको कथालाई न्याय दिनु सक्नुभयो ? भन्ने प्रश्नमा मोक्तानले क्यामरामा फेस गर्न केही असहज थियो भने कथावस्तुले खोजेको कुरामा आफूले अन्याय नगरेको बताइन् ।

युजिलाले भनिन्‚‘चलचित्रमा पहिलो र छायाङ्कन स्थल मेरो लागि झन् अवसर थियो‚ त्यस स्थानमा जाने सोँच चाहिँ चलचित्र निर्माण टिमले पूरा गरिदिएको छ ।’

चलचित्र नुवाकोट‚ धादिङको सिङल्हा विशेष केन्द्रित रहेर छायाङ्कन गरिएको निर्माण पक्षले जनाएको छ ।

फिल्ममा मर्नेन तामाङ, जोङ्बा कान्छा, सिंगबहादुर तामाङ, रुपा एस घले, प्रकाश वाइबा, डोल्मा मनाङ्थेन, विगेन्द्र वाइबा, युजिला मोक्तान, सोनाम तामाङ, फुर्वा लामा, शिशिर थोकर, सुनिता मम्बा, हिरा माया, एसआर तामाङ, मिलन एस वाइबा, विकास घले, लाक्पा तामाङ, चे लामा, आइदा घले, माया मोक्तान, प्रयसी तामाङ, सन्दीप तामाङ लगायतको अभिनय रहेका छन् ।

चलचित्रको निर्माता सिंगबहादुर तामाङ र सन्चमाया तामाङले गरेका हुन् । फिल्ममा प्रकाश बाइवाको छायाङ्कन, सिंगबहादुर तामाङको कथा, रोशन फ्युबा तामाङले सम्पादन गरेका छन् । यस्तै, निरमाया तामाङ र प्रेम तामाङ सह निर्माता रहेको फिल्ममा गायक रोम लामा, हावा लामा र गायिका शशिकला मोक्तान, मिना लामा रहेका छन् भने सङ्गीत रोशन फ्युबा तामाङ र मिना लामाको रहेको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका