‘कुलखानदान’को ट्रेलर सार्वजनीक

सैलुङअनलाइन संम्वाददाता
0 Shares
काठमाडाैं

निर्देशक सोभित बस्नेतको पारिवारिक टेलिसिरियल ‘कुलखानदान’को ट्रेलर सार्वजनीक भएको छ । रमाइलो टिभीको प्रस्तुति रहेको सिरियल दशैंदेखि प्रशारण हुने निर्देशक बस्नेतले जानकारी दिएका छन् ।

पारिवारिक जीवनको आरोहअबरोह प्रस्तुत गरिने ‘कुलखानदान’मा नीर शाह, सपनाश्रेष्ठ, उत्तम केसी, रोहित रुम्वा, बिशाल पहाडी, शुभेच्छा थापा, अस्मिता जुरेली, संगम भण्डारीलगायत नवअभिनेत्री काब्या कार्की र बालकलाकार एन्जिल रोकाय प्रमुख भूमिकामा छन् ।

सलिना बस्नेत कार्यकारी निर्माता रहेको सिरियल राहुल राईले खिचेका हुन् । रामकाजी घिमीरेले लेखेको सिरियल बन्दे प्रसादले सम्पादन गरेका छन् । टेलिसिरियल भएता पनि ‘कुलखानदान’लाई फिल्मी भब्यता दिइएको निर्देशक बस्नेतको दावी छ । झण्डै साढे दुई दर्जन फिचर फिल्म निर्देशन गरिसकेका निर्देशक बस्नेत ‘कुलखानदान’ले दर्शकमाझ नौलो छाप छोड्नेमा आशावादी छन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका