एनआरएनए कोरियाको उम्मेदवारी नामावली प्रकाशन, अध्यक्षका लागि ३ जना मैदानमा

विभिन्न १५ पदका लागि ३२ जनाको उम्मेदवारी

दक्षिण कोरिया

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाको सातौँ अधिवेशनका लागि उम्मेद्वारहरूको नामावली प्रकाशन गरेको छ । निर्वाचन समितिका संयोजक डा. देबीबहादुर बस्नेतका अनुसार उम्मेद्वारहरूले समितिमा पठाएका कागजात अनुसार नामावली प्रकाशित गरिएको बताएको छ ।

प्रकाशित उम्मेद्वारहरुमा ३ जना अध्यक्ष, ८ जना उपाध्यक्ष, महासचिवमा २ जना, सचिवमा ३ र कोषाध्यक्षमा पनि ३ जनाको उम्मेदवारी परेका छन् । त्यस्तै सह-कोषाध्यक्षमा एक जनाको मात्र उम्मेदवारी परेको छ भने युवा संयोजकत्वमा ३ जनाको रहेको छ । त्यस्तै महिला संयोजकमा एक र आईसीसी सदस्यमा दुई जनाको उम्मेदवारी परेका छन् । सदस्यमा भने ६ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले सार्वजनिक गरेको छ । जम्मा ३२ जनाको उम्मेदवारी परेका छन् ।

उम्मेदवारी अनुसर आईसीसी सदस्यमा वर्तमान अध्यक्ष लक्ष्मी गुरूङ र ओम नारायण जुग्जालीको उम्मेदवारी परेको छ । अध्यक्ष पदका लागि विपिन कुमार गुरूङ, बुद्धि गुरूङ र यज्ञराज सुवेदीले उम्मेदवारी दिएका छन् । त्यस्तै बरिष्ठ उपाध्यक्षमा दिपक पुन र अमृत राईको उम्मेदवारी छ भने उपाध्यक्षका लागि अम्बिका डिसी पार्क, सोमबहादुर तामाङ, सन्जिवकुमार राई, सुरेश खत्री, यदु लामिछाने, इश्वरीबहादुर रोकायाका छन् ।

त्यस्तै महासचिवमा धर्मराज जोशी र बिमल सुवेदीको उम्मेदवारी छन् । सचिवमा किशोर कोइराला, रोशन भट्टराई, राजकुमार स्याङतानको रहेको छ । त्यस्तै कोषाध्यक्षमा चन्द्र राना, कुन्साङ शेर्पा, संगीता कुवँरको परेका छन् भने सहकोषाध्यक्षमा सन्तोष खड्काको परेको छ ।

यता युवा संयोजकमा अरूण श्रेष्ठ, अभिषेक सापकोटा, टिकाराम सुब्बा र महिला संयोजकमा शुभद्रा पालुङ्वाले उम्मेदवारी दिएका छन् । सदस्यहरूमा दिनेश चौलागाइ, उमेश पोख्रेल, ओमबहादुर, सुवास चन्द्र चौधरी, अभिषेककुमार चौरासिया, बिश्वमणी दाहालको रहेको छ ।

केही उम्मेद्वारहरूको कागजात प्रमाणित हुन नसकेकोले उम्मेद्वारी स्थगन गरिएको जनाएको छ । नामवली प्रकाशित नभएका उम्मेद्दारहरूले निर्वाचन आयोगमा सम्पर्क गर्न अनुरोध गरिएको छ । त्यस्तै सार्वजानिक गरिएको उम्मेद्वारहरूको दाबी बिरोधको लागी समेत आह्वान गरिएको छ ।

कोरियामा एनआरएन अधिवेशन आगामी सेप्टेम्बर २१ र २२ तारिख हुदै छ । अधिवेशनमा चुनाव अनलाइन तथा इलेक्ट्रोनिक विधिबाट हुने बताएको छ । यसअघि समितिले निर्वाचन आचार संहिता, निर्वाचन कार्यतालिका सार्वजानिक गरेको थियो ।

एनआरएनएले लगभग डेढ महिना लगाएर भरेका पंञ्जीकृत सदस्य फरामबाट २८ सय ६९ जनाको नामवाली सार्वजानिक गरेका छन् । यो २०१९(२०२१ को सदस्य हो ।

तपाईको प्रतिक्रिया