गायक पेमा वाइबाको ‘सउल घुम्न जाँदामा’ सार्वजानिक(भिडियो)

काठमाडौ

गायक पेमा वाइबाको पछिल्लो सेलो गीत ‘सउल घुम्न जाँदामा’ सार्वजानिक भएको छ । उनले लगभग दुई दशकपछि गीत दर्शकमाझ ल्याएको छ ।

करिब २० दुई दशक अघि ‘दुःखला न्हान्’ एल्बमबाट सांगीतिक यात्रामा प्रवेश गरेको गायक वाइबाले बताए । उनले नयाँ कोसेली स्वरूप दर्शकसामु उदाएको बताए ।

गायक वाइबाको गीतमा राजाधानी सउल आसपासका दृश्यलाई समेटिएको छ । गीतमा सहर, बजारमा घुम्ने बेलामा राम्री मैच्याङ भेटेको कथावस्तु रहेको छ ।

काभ्रेको कोशीपारी चौरी-देउराली गाउँपालिका मादन डाँडाका गायक वाइबा अहिले रोजगारीको शिलशिलामा दक्षिण कोरियामा छन् । लामो सयमपछि पनि उनले सांगीतिक कोसेले पस्केको छ ।

दक्षिण कोरियामै छायांकन गरिएको गीतको भिडियो भिषण काउछाले कैद गरेका छन् भने रिकमान थापा मगरले निर्देशन गरेका हुन् । गायक आफ्नै शब्द, संगीत रहेको छ । भिडियोमा गायक वाइबा र नानु पुनले अभिनय रहेको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका