तामाङ समुदायको कथावस्तु बोकेको तामाङ चलचित्र ‘काख्रे’ (गँगटो) असार १८ गते च्यारिटी शो हुदैछ । चलचित्रमा गाउँबाट सहर पसेका तामाङ युवाहरूको कथामा आधारित रहेको निर्माण पक्षले जनाएको छ । देशका विभिन्न जिल्लाबाट काठमाडौं छिरेको युवाहरूको जीवनयापन र सघंर्षलाई यस चलचित्र मार्फत देखाउन खोजिएको उनीहरुले बताएका छन् ।
चलचित्रमा ऋतुराज पाख्रिन‚ सुनिता लुङ्बा‚ कुइसाइ रुम्बा‚ प्रभा घिसिङ‚ पदम पाख्रिन‚ सिङबहादुर तामाङ‚ प्रबल थिङ‚ किरन साजन‚ सपना वाइबा‚ कोपिला घिसिङ‚ किरन‚ माया स्याङ्बोले अभिनय गरेका छन् ।
तामाङ चलचित्र काख्रेको लेखन ऋतुराज पाख्रिनले नै गरेका छन् । हाल चलचित्रको प्रमोसनमा नायक ऋतुराज पाख्रिन र नायिका सुनिता लुङ्बा लगायतका टिमलार्इ नै चटारोमा छन् ।
चलचित्रका कथाकार एवं नायक पाख्रिनले काख्रे बिम्बात्मक पात्र बनाएर सांस्कृतिक र समसामयिक विषयवस्तु उठान गरेको बताए । उनले भने‚‘अझ चलचित्र हेरेपछि सबै छर्लङ्ग हुनेछ । ’
त्यस्तै नायिका लुङ्बाले चलचित्रमा आफूले राम्रो अभिनय गरेको र फिल्म हेरिसकेपछि दर्शकले मूल्याङ्कन गर्ने बताएकी छन् ।
चलचित्र प्रदर्शन अघि प्रमोसनको लागि ट्रेलर रिलिज र एउटा आइटम डान्स गीत सार्वजनिक गरिसकेका छन् । मनोरञ्जनात्मक चलचित्र भएकोले कथाले मागेअनुसार आइटम डान्स, बेड सिन पनि रहेको छ ।
तामाङ चलचित्र क्षेत्रमा लामो अनुभव र लेखन भएसँगै काम गर्दै जाँदा कतै चुकेको पनि हुनसक्छ तर अझ कामलाई निखार्दै गएको नायक पाख्रिनले बताएका छन् । त्यस्तै नायिका लुङ्बाले पनि विगतको दिनमा दृष्याङ्कन गर्दा बिग्रेका, कमीकमजोरी र अनुभवलाई सुधार्दै अघि बढेको र काख्रेसम्म आउँदा सुधार ल्याएको छु र यसमा देखिएको कमीकमजोरीमा आगामी दिनमा अझ सुधार्ने प्रयास गर्ने बताइन् । उनले हालसम्मका चलचित्रहरूमा राम्रो अभिनय गरेको र काख्रेमा फरक अभिनय रहेको बताइन् ।
तामाङ चलचित्र च्यारिटी सो मा मात्रै सीमित हुने गर्दछ । यसमा सबै पक्षको ध्यान जानु जरुरी छ । चलचित्र निर्माण लागत उठाउन हलसम्म लैजाँदा बढी खर्चिलो तर निर्माताहरुले आँट र सबल बलियो भयो भने हलसम्म चलचित्र पुराउन असम्भव नभएको कुरा उनीहरू बताउँछन् ।
नायक पाख्रिनले भने‚‘थोरै लागतमा पनि राम्रो चलचित्र बनेको र देश विदेशबाट पनि चलचित्रको हल्लाखल्ला भएको छ ।’ नेपाली चलचित्र निर्मातारुहले कम लागतमा राम्रो चलचित्र बनाउन सक्ने कि नसक्ने भन्नेमा तामाङ चलचित्रले च्यालेन्ज दिएको उनीहरूको भनाइ छ ।
काख्रेलाई पनि च्यारिटी सो मा मात्र सीमित नगराई हलसम्म पुराउने निर्माताहरूको हात हुने नायक पाख्रिनले बताए ।
लामो समयदेखि दर्जनौँ फिल्म‚ भिडियोमा काम गरिसकेको‚ कथाअनुसार पात्र फिट भएकाले काख्रेमा पनि काम गरेको र सानैदेखि गाउँले परिवेशमा हुर्किएको भएर आगामी दिनमा सांस्कृतिक फिल्ममा काम गर्ने चाहना रहेको नायिकाको भनाइ थियो ।
नायक पाख्रिनले अहिलेसम्म दशौँ फिल्ममा अभिनय गरिसकेको र नेपाली चलचित्रमा पनि फिल्मको अफर आए तापनि आफ्नो तामाङ चलचित्रमा निरन्तरता दिएको र समुदायलाई नै प्राथमिकता दिएको बताए ।
हालसम्म अभिनय गरेको सबै काम राम्रो लागेको र काख्रेमा दर्शकहरूले अझ रुचाउने पात्र रहेको उनले दाबी गरे ।
नायिका लुङबाको अनुसार आफूले विभिन्न विधामा काम गरिसकेको जानकारी दिइन । समयसँगै काम गरेको सबै फिल्म राम्रो र पारिवारिक परिवेशमा रहेको र दर्शकले काम मनपराएकोले खुसी रहेको नायिका लुङ्बाको उनको भनाइ छ ।
अहिलेसम्म पनि किन अविवाहित रु भन्ने प्रश्नमा उनले खुलेर कुरा गरिन् तर आफ्नो प्रेमीको विषयमा भने खलाइएन । उनले समय आएपछि सबै कुरा हुनेछन्‚ बिहे गर्ने लगन पर्खिरहेको बताइन् ।
नायक पाख्रिनका अनुसार मानिसको आवश्यकता असीमित हुन्छ यही क्षेत्रमा मात्र नभई व्यावसायिक क्षेत्रमा पनि सङ्लग्न रहेको बताए । यो क्षेत्रमा नभएको भए विदेश पलायन पनि हुन सक्ने थिए कि । पर्दा पछाडि बसेर काम गर्दा नाम मात्र चिनिने तर प्रत्यक्ष दर्शकले नदेखेको हुँदा पर्दामा आएर काम गरेको खुलासा गरे । यसरी गर्दा परिवार खुसी र आफै पनि सन्तुष्टि भएको बताए ।
समग्रमा तामाङ चलचित्रहरु थपिने क्रम बढ्दै गएको छ । चलचित्रका निर्माताले अझ थप चलचित्र बनाउन यस्तै चलचित्रहरूले प्रोत्साहन र लगान उठाउन सकोस् । शुभकामना ।
थप यो पनि