सङ्घीयता सिकाइका क्रममा: मन्त्री भट्टराई

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
काठमाडाैं

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपालका लागि सङ्घीयता नयाँ विषय भएकाले सरकार त्यसको अभ्यास सिक्ने क्रममा रहेको बताएको छ ।

सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)ले संविधान दिवसका अवसरमा बुधबार आयोजना गरेको विशेष सांस्कृतिक कार्यक्रममा उनले सङ्घीयता सिक्ने क्रममा कुनै गल्ती भइहालेमा त्यसलाई सच्चाएर अघि बढ्नुपर्ने बताए । देशमा अहिले समस्याको चाङ भए पनि तिनलाई समाधान गर्दै अघि बढ्नाको विकल्प नभएको उहाँले औँल्याए । बेथिति र ढिलासुस्ती हटिनसकेकाले जनताले प्रश्न गर्नु स्वाभाविक भएको उनले बताए । लोकतन्त्र र गणतन्त्रको विकल्प नै नभएको उनको भनाइ थियो । उनले भने, ‘लोकतन्त्रको विकल्प सुदृढ लोकतन्त्र र गणतन्त्रको विकल्प त्यो अँझै सुदृढ बनाउनु नै हो ।’

मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले नाचघरका आर्थिक समस्याका विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको बताए । संस्थानका निमित्त महानिर्देशक प्रभाकर शर्माले संस्थानले अहिले यसको उद्देश्यसँग मेल खाने कार्यक्रम न्यूनतम शुल्क लिएर सञ्चालन गर्न प्रेक्षालय उपलब्ध गराइरहेको बताउँदै संस्थानले दुई अग्रज गायक प्रेमध्वज प्रधान र ज्ञानु राणालाई दश/दश हजारसहित सम्मान गरेको जानकारी दिए ।

कार्यक्रममा निमित्त महाप्रबन्धक शर्मासँगै संस्थानका अरु कलाकारले संविधान र नेपाल भ्रमण वर्षसँग सम्बन्धित तथा अन्य जातीय नृत्य प्रस्तुत गरेका थिए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका