घुमफिर : काठमाडौं टु सिक्किम

काठमाडौं

काठमाडौँदेखि सिक्किमको यात्रा अविस्मरणीय र उपलब्धिमूलक भएको छ । सायद मेरो लागी यति लामो यात्रा पहिलो र अविस्मरणीय हो । यात्रा २०७९ साल जेठ २६ देखि असार १ गतेसम्म थियो। हामीले काठमाडौँ स्वयम्भूदेखि सिक्किमसम्मको यात्रा तय गर्‍यौँ । यात्रामा करिब ८४ जनाको जम्बो टोली थियो । सिक्किम पुग्नुको मूल उद्देश्य भने काभ्रे तेमालमा जन्मिएका औतारी टुल्कु नामखाई दिमे वाङ्चुकको गद्दी आरोहण थियो । टुल्कु वाङ्चुक बौद्धको ठाङ्गु गुम्बामा हुर्किएका हुन् ।  सिक्किमका पल कर्म जुरमाङ शेडुप छ्योईखोर लिङ लिङडुप गुम्बा (Pal Karma Zurmang Shedup Chokhor Ling Lingdum Monastery (Ranka Monastery) का तेस्रो औतारीका रूपमा जन्मिएका टुल्कुको गद्दी आरोहण कार्यक्रमको समय तालिका तय भएको थियो । गन्तव्यले पर्खिरहेका थिए ।

यात्राको सुरुवातमै मुग्लिन सडक पहिरोले जाम परेको समाचार सञ्चारमाध्यमहरूमा नआएको भने होइन तर कार्यक्रम तालिकामा अनुसार जसरी नि पुग्नुपर्ने थियो । त्यसैले सबै जनाको सल्लाहमा पृथ्वी राजमार्ग नै रोज्यौँ । त्यसको आलवा सिन्धुली, कुलेखानीको बाटो पनि थियो । हामीसँग २ वटा बस थियौँ  ।  नेपाल-भारत मैत्री यातायातमा करिब ४४ जनाको भीडमा हामी (म र पेमा) मिडियाबाट सहभागी थियौँ । उनीहरू सबै ‍औंतारी टुल्कुका आफन्तहरू थिए । नेपालमा यसबर्ष मनसुन चाँडै भित्रिएकाले बाटोको अवस्थामा सुरुदेखि नै सचेत त थिए नै । तर पनि हामी मुग्लिन नजिकै पुग्दा बाटोमा पहिरोको जामले फस्यो । हामी करिब २-३ घण्टाको यात्रा पश्चात् मुग्लिनको जाममा फसिहाल्यो । त्यो जाममा रातको ९ बजे पुगेका थियौँ । सबैको मनमा बेलैमा नपुग्ने हो कि भन्ने शङ्का उपशङ्काले भरिए । त्यो भीरको बाटोमा पानी, खानाको अभावले सबैको मन सशङ्कित भएको अनुहारमा प्रस्ट देखिन्थ्यो ।यात्राको क्रममा विभिन्न बाधा अड्चनहरूले बाटोमा सबैको मन बेचैन नभएको पनि होइन । बिचबिचमा जाम खुल्यो भन्ने हल्ला पनि थियो ।  समाचारमा पनि आएको थियो तर त्यहाँ पुग्दा जामले सबै जना निराशाजनक थियो । करिब २ दिनदेखि जाममा परेर बिहेको जन्ती बोकेका गाडीसमेत फसिरहेका जानकारीले सबै चिन्तित भएका थिए । जसमा हामी पनि जाम छिचोल्न करिब २० घण्टा कुर्नुपर्‍यो ।

यात्राका कतिपय क्षणहरू दुखद थियो । त्यो बिचमा हामी चढेका बसका सहचालकलाई गुमाउनुपर्‍यो । सहचालकको आफ्नै लापरबाहीले गर्दा उनले ज्यान गुमाए । सडक जाम, त्यहीमाथि गर्मी र सहचालकले मद्यपान सेवन गरेर होस नपुर्‍याउँदा बसको पछाडिको चक्कामुनि सुत्दा ज्यान गएको हो । यो घट्नाले हाम्रो यात्रामा थप बाधा ल्यायो र यसले करिब ३ घण्टा ढिला बनायौँ । त्यसपछि हामी मुग्लिनमा खाना खाएर अर्को बसबाट अगाडी बढ्यो । प्रचण्ड गर्मीले हामी चढेको बसमा खपिसक्नु थिएन। तर जब बस चल्न थाल्थ्यो झ्यालबाट पस्ने हावाले केही राहत भने मिल्थ्यो।

नदीहरू सङ्लो भए तापनि धेरै नदीहरू बर्सातले धमिला देखिन्थे। तर कोसी नदी भने पानीको भारी बोकेर शान्त मुद्रामा निरन्तर बगिरहेकै थिए।

गर्मीमा पसिना पुछ्दै र बगाउँदै काँकडभित्ता पुग्यो ।

काँकडभित्ताको बोर्डर पार गरेपछि सिक्किमका राङ्का गुम्बाबाट हामीलाई लिन ३ वटा गाडी पठाइसकेका थिए । त्यसपछि हामी हुइँकियौँ गन्तव्यतिर । यात्रामा ‘स्वच्छ सिक्किम सफा भारत’ लेखेका सिक्किम सरकारद्वारा सञ्चालित बसले टिस्टा नदीलाई फन्को मार्दै अगाडि बढिरहेका थिए । टिस्टा नदी नेपाल अङ्ग्रेज युद्ध हुनु अगाडीसम्म नेपालको पूर्वी सिमाना थियो रे। यो नदीदेखि मेची नदीसम्मका सम्पूर्ण पहाडी तथा तराई भूभाग नेपाल सरकारले सुगौली सन्धिमार्फत ब्रिटिस इस्ट इन्डिया कम्पनी सरकारलाई स्वामित्व हस्तान्तरण गरेको जानकारी पाएँ ।

यस्तो रहेछ टिस्टाको कथा, ‘भनिन्छ कि टिस्टा नदी भारतीय प्रान्त सिक्किमको जीवनरेखा हो, सिक्किम प्रान्तको जति लम्बाई छ लगभग पुरै लम्बाइबाट भएर बग्ने यो नदी वरदांत हिमालयको समशीतोष्ण र नदीको घाटीबाट उष्णकटिबंध तापमानलाई काटेर लैजान्छ। चम्किलो हरियो रङ्गको यो नदी बङ्गलादेशको ब्रह्म पुत्र नदीमा मिल्नुभन्दा पहिलासम्म यो नदी सिक्किम र पश्चिम बङ्गालको सिमानाको रूपमा रहन्छ।’ -विकिपिडिया

सिक्किमका पल कर्म जुरमाङ शेडुप चोखोर लिङ लिङडुप गुम्बामा टुल्कुको गद्दी आरोहण कार्यक्रममा सहभागी भयौँ । गद्दी आरोहणमा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले औपचारिकता दिए । गुरु रिम्पोर्छे जुरमाङ घरवाङ रिम्पोर्छेद्वारा त्यस गुम्बाबाट खेन्पो प्राप्त गरेका र टुल्कु लगायतलाई  प्रमाणपत्र प्रदान गरेका थिए ।

 नाटकीय शैलीमा भएका रहेछ सिक्किम विलय

६ अप्रिल १९७५ को बिहान सिक्किमका राजा चोग्यालले करिब १२ बजेर ४५ मिनेट जाँदा सिक्किमको स्वतन्त्र देशको हैसियत गुमाएका रहेछ । करिब ५ हजार भारतीय फौजलाई सिक्किमको राजदरबारमा खटिएका २४३ जना गार्डलाई नियन्त्रणमा लिनलाई करिब आधा घण्टा पनि नलागेको सुने । चोग्यालले सिक्किम हस्तान्तरण गर्दै गर्दा यस्तो भनेका रहेछन्,‘हामी एक स्वतन्त्र सम्प्रभुसत्ता सम्पन्न देश हौँ, तपाईँले हाम्रो संविधान अनुसार काम गर्नुपर्छ, भारतले तपाईँको सेवा हाम्रो सरकारलाई दिएको छ, यो विषयमा कुनै भ्रम हुनुहुँदैन र हामीलाई दबाउने प्रयास कहिल्यै नगर्नुहोला।’

त्यसैले पनि अहिले सिक्किममा भारतको अन्य प्रान्तको दाँजोमा फरक नियम र कानुनहरू रहेका छन् ।

गन्तव्यपछिको दोस्रो दिनको यात्रा

दोस्रो दिन रुम्टेक गुम्बाको दर्शनसाथै सिक्किमका राजधानी गान्तोक घुम्ने व्यवस्थामा गुम्बाका लामा गुरुहरूले सहजीकरण गरेका थिए । गुम्बामा घोसिर ग्यालतसाब रिम्पोर्छेबाट टुल्कूको बारेमा थप जानकारी पाए । सोही पश्चात् गान्तोक सहरमा पुगेँ ।

‘स्वच्छ सिक्किम सफा भारत’ यो नारालाईगान्तोक सहरले पुष्टि गरेको पाइयो । सहर सफा मात्रै नभई सहरका मानिसहरू पनि सभ्य थियो । वेष्टनाइज ड्रेसहरू कमै मात्र देखिन्थे ।यति वेला आन्तरिक तथा बाह्य पर्यटकहरू घुम्ने स्थलहरू भरिभरिऊ थिए । त्यहाँका ट्राफिक प्रहरी र ट्राफिक नियम जति कागजमा छ, त्यति नै पालना गरेको पाइयो ।  हामी पनि घुम्न मै यत्रतत्र छरिएका थिए । जसमा कसैले रोपवे चढ्यो, कुनै ग्रुप गान्तोकका एमजी मार्गमै रमाए, कुनै साथीहरू केही रमाइला झरना, भ्यु टावरसम्म घुम्न भ्याएका थिए ।

पर्यटकका लागि सहयात्रीका रूपमा ट्याक्सीहरू पाउँदो रहेछ । जसमा उनीहरूले लिने भाडामा भने यात्रु हेरेर फरक फरक भाडादर लिइएको पाइयो । जो नेपालमा पनि ट्याक्सी ड्राइभरहरूले गर्ने गरिन्छ नै ।

बाइबाइ सिक्किम

हाम्रो ३ दिनको यात्रालाई बिट मार्दै जेठ ३१ गते नेपालको यात्रा तय गरेका थियौँ । यात्रा सोही रफ्तारमा थिए । त्यहाँका खोलानाला, गुम्बा र टिस्टा नदीको रफ्तारमा हामी नेपाल फर्कियौँ ।

समग्रमा सुरुको दिन बाटोमा भएका क्षणहरू केही दुखद, कष्टकर भए तापनि सिक्किमले गरेका स्वागत, त्यहाँ बिताएका क्षणहरू भने अविस्मरणीय रह्यो ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका