भरूवा बन्दुकसहित दुई जना पक्राउ

भोजपुर

भोजपुर नगरपालिका-३ बाट भरूवा बन्दुक र सामान सहित दुई जना प्रहरीले पक्राउ गरेका छन् ।

नगरपालिका-३ मा बस्ने ४६ वर्षीय जित कुमार राई र ३६ वर्षीय लाल बहादुर भुजेललाई लाईसेन्स नभएको दुई नाले भरुवा बन्दुक लगायतका सामानको साथमा बुधबार प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जित कुमारको घरमा खानतलासी गर्दा बारुद लोड गरेको एक नाले भरुवा बन्दुक १ थान, छर्रा १४ थान, कुरिङ ढुङ्गा १० थान र करिब २ सय ग्राम बारुद फेला परेको थियो । र लालबहादुरको घरमा बारुद लोड गरेको एक नाले भरुवा बन्दुक १ थान, छर्रा १६ थान, पटाका ३ प्याकेट र करिब २ सय ग्राम बारुद सहित फेला पर्दा उनीहरुलाई पक्राउ गरेको प्रहारीले बताएको छ ।

यसको प्रहरीले थप अनुसन्धान भइरहेको बताएको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका