तामाङ चलचित्र ‘दार्बुङ’ को ट्रेलर रिलिज‚ प्रदर्शन मिति असार मसान्तमा

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
133 Shares
काठमाडौं

तामाङ कथानक चलचित्र ‘दार्बुङ’ ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार बौद्धस्थित मम प्लाजामा पत्रकार सम्मेलन गरी ट्रेलर र मिति घोषणा गरेका हुन् ।

बिगत लामो समयदेखि नेपाली तथा तामाङ चलचित्रमा निरन्तर निस्वार्थ रुपमा लागिपरिरहेका हुत्त सन्जय लामा र अर्जुन खड्काद्धारा निर्देशित चलचित्र असार ३२ गते प्रदर्शनको मिति सार्वजनिक गरेका हुन् ।

चलचित्रमा एउटा गरिब परिवारमा जन्मेका अशक्त युवाको जीवनयापनका दौरानमा भोगेका वास्तविक कथा र तामाङ समुदायको परम्परागत चालचलन मामा चेला र फूपुचेलीको बिचको प्रगाढ सम्बन्धलाई चित्रण गरेको निर्माण पक्षले जनाएको छ ।

चलचित्रमा नायिका सुनिता लुङ्बा‚ नायक हुत्त सञ्जय लामा र मनबहादुर तामाङको अभिनय देख्न सकिन्छ ।

दार्बुङमा स्व। जयनन्द लामा‚ डोमा ह्योल्मो‚ भुइसल लामा‚ मायादेवी मोक्तान‚ राजकुमार मोक्तान‚ सिर्जना गोले‚ इन्द्रबहादुर स्याङ्तान‚ पेमा योन्जन‚ सागर तामाङ‚ सुनमाया घिसिङ‚ सागर तामाङले अभिनय रहेका छन् ।

चलचित्रको निर्माता लोसाङ लामा र इकेस लामा रहेको छन् । यस चलचित्रमा हुत्त सञ्जय लामा र निरमाया घिसिङको लेखन रहेको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका