प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका उपनेता विजयकुमार गच्छदारले दुई तिहाई बहुमतप्राप्त प्रधानमन्त्रीको राजीनामा नमाग्ने बताएको छ ।
बिहीबार विनियोजन विधेयकमाथि संसदमा जारी छलफलमा बोल्दै गच्छदारले गलत विधेयक ल्याएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिक जिम्मेवारी लिनुपर्ने बताउदै, प्रधानमन्त्रीको राजीनामा आफूले नमाग्ने बताए ।
नेता गच्छदारले भने, ‘गल्ती विधेयक ल्याएपछि प्रधानमन्त्रीले गलतको स्वीकार गरी जिम्मेवारी लिनुपर्छ र राजीनामा पनि दिन तयार हुनुपर्छ ।’ ‘जनताले आन्दोलन गरेपछि सरकारले गुठी विधेयक फिर्ता लियो । विधेयक ल्याउनु अगाडि त्यसबारे गृहकार्य गर्नुपर्थ्यो कि पर्दैनथ्यो ?’ गच्लेछदारले भने, ‘सरोकारबाला, विपक्षीसँग छलफल परामर्श नहुदै किन ल्यायो, यतिकै भनिदिने गुठी विधेयक ल्यायौं, फिर्ता गर्यौं । फिर्ता गर्नु बहादुरी होइन ।’
गच्छदारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने विधेयक किन ल्याउनुपर्यो भन्दै प्रश्न गरे