सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह बीच संविधान दिवस (फोटोफिचर)

काठमाडाैं

संविधान दिवसलाई सरकारले राष्ट्रिय दिवसको रुपमा मनाएको छ । संविधान दिवस मूल समारोह समितिले आज शुक्रबार सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरेर संविधान दिवस २०७६ मनाएको हो ।

मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा राष्ट्रिय झण्डासहित प्रदेशस्तरीय विभिन्न जातीय सांस्कृतिक झाँकीहरु प्रदर्शन गरेका थिए ।

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरू, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, संवैधानिक निकायका प्रमुखलगायतको उपस्थिति रहेको थियो ।

संविधान जारी भएको चार वर्ष पूरा भएको अवसरमा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी संविधान दिवस मनाइरहेका छन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका