नेपालमा महिलाको विवाहको उमेर घटाउनका लागि सडकदेखि सदनसम्म बहस भइरहेको बेलामा संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए)को एक प्रतिवेदन संसारभरका किशोरी आमाहरूको बिजोग स्थितिलाई उजागर गरेको छ।
विकासोन्मुख देशहरूमा बस्ने करिब एक तिहाइ महिलाहरू किशोरावस्थामा मातृत्वको भार वहन गर्न बाध्य छन्। यी विकासोन्मुख देशहरूमध्ये नेपाल पनि एक हो। प्रत्येक वर्ष जन्मने कूल शिशुमध्ये १६ प्रतिशत १९ वर्ष वा सोभन्दा कम उमेरका आमाबाट जन्मिने अनुमान छ।
रतिवेदनका अनुसार सानो उमेरमा आमा बन्दा उनीहरू र जन्मने बच्चाको स्वस्थ, सामाजिक विकासमा प्रत्यक्ष प्रभाव पारेको छ। यति मात्र होइन, यसबाट उनीहरूको मानवअधिकार हननको जोखिम पनि निकै बढेको छ। संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले मङ्गलवार ५ जुलाई २०२२ मा जारी गरेको ‘मदरहुड इन चाइल्डहुडः द अनटोल्ड स्टोरी’ प्रतिवेदनमा यो जानकारी आएको हो।
आमा बन्दाखेरी यी किशोरीहरूको उमेर १९ वर्ष वा धेरै अवस्थामा यो भन्दा कम छ। यो त्यो उमेर हो जब यी बालिकाहरूले आफ्नो राम्रो भविष्यको सपना बुनिरहेका हुन्छन्। यस्तो अवस्थामा मातृत्वको बोझले उनीहरूलाई शारीरिक र मानसिक रूपमा कमजोर बनाउन सक्छ।
प्रतिवेदनका अनुसार यी किशोरीहरूको मृत्यु र स्वास्थ्यमा हुने क्षतिको प्रमुख कारण सानै उमेरमा आमा बन्दा खेरी आएका जटिलताहरू जनाएको छ। यसै गरी बालविवाह, हिंसा र मानसिक स्वास्थ्यमा पर्ने असर गम्भीर समस्याका रूपमा अगाडि आएको छ। उल्लेखनीय कुरा के छ भने सानै उमेरमा आमा बन्ने बालिकाहरूमा यी सबै खाले जोखिम सबैभन्दा बढी हुन्छ।
तथ्याङ्कले न्यून र मध्यम आय भएका देशहरूमा प्रत्येक वर्ष किशोरी (१५ देखि १९ वर्ष) बाट २१ करोड गर्भधारण हुने गरेको देखाएको छ। जसमध्ये करिब आधा अर्थात् १० करोड अनपेक्षित हुन्छ। यी २१ करोड गर्भधारणहरू मध्ये लगभग एक चौथाइ, वा ५७ लाख किशोरीको गर्भपतन गराइन्छ। ती मध्ये अधिकांश असुरक्षित गर्भपतन हुन्छ । यो किशोरीहरूको स्वास्थ्यको लागि ठुलो खतरा हो।
४० वर्षको उमेरमा पुग्दा पाँच सन्तानकी आमा
संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए)को यो प्रतिवेदनका अनुसार कम उमेरमा बच्चा जन्माउने महिलामा किशोरावस्थामा बढी बच्चा जन्माउनु सामान्य कुरा हो। १४ वर्ष वा सोभन्दा कम उमेरमा पहिलो पटक आमा बन्ने तीन चौथाइ बालिकाको दोस्रो सन्तान पनि किशोरावस्थामा नै जन्मिएको पाइएको छ।
त्यस्तै, करिब ४० प्रतिशत बालिकाहरू किशोरावस्था पूरा हुनुअघि नै तेस्रो सन्तानको आमा बन्छन्। अर्कोतर्फ सन् २०१५ देखि २०१९ सम्मको तथ्याङ्क हेर्दा ४० वर्ष पुग्दासम्म यी बालिका करिब पाँच सन्तानका आमा बनिसकेका छन्।
प्रतिवेदनका अनुसार, यदि हामीले विश्वव्यापी अवस्थालाई हेर्ने भने, सब(सहारा अफ्रिकामा किशोरी आमाहरूको सङ्ख्या सबैभन्दा बढी छ। यस क्षेत्रका करिब ४६ प्रतिशत महिला किशोरावस्थामा नै मातृत्वको भार वहन गर्न बाध्य हुने अनुमान गरिएको छ। विगत केही दशकहरूमा यो अवस्थामा खासै परिवर्तन भएको छैन।
बङ्गलादेशकी किशोरी आमास् आफ्नो डेढ वर्षीय छोराका साथमा १६ वर्षीय नरगिस। तस्बिर सौजन्य संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष ९यूएनएफपीए०को प्रतिवेदन
अफ्रिकी देशहरूमा स्थिति खराब
यससँगै अफ्रिकी देश नाइजर, मोजाम्बिक र सेन्ट्रल अफ्रिकन रिपब्लिकको अवस्था सबैभन्दा खराब रहेको तथ्याङ्क विश्लेषण गरिएको छ। जहाँ नाइजरका ७३ प्रतिशत महिला आफ्नो २० औँ जन्मदिनअघि नै आमा बन्छन्। जबकि मोजाम्बिकमा यो सङ्ख्या ६७ प्रतिशत र मध्य अफ्रिकी गणतन्त्रमा ६६ प्रतिशत छ।
विश्वका १८ देशमा आधाभन्दा बढी महिला किशोरावस्थामा नै आमा हुने गरेको पाइएको छ। यो सङ्ख्या ६ दशक अघिको न्यून र मध्यम आय भएका देशहरूको औसतभन्दा बढी हो। उल्लेखनीय कुरा के छ भने, यी सबै १८ देश सब(सहारा अफ्रिकाका हुन्। अर्कोतर्फ, यस क्षेत्र बाहिर बङ्गलादेशको अवस्था सबैभन्दा खराब छ, जहाँ करिब ४८ प्रतिशत महिलाले किशोरावस्थामा मातृत्वको जिम्मेवारी निर्वाह गरिरहेका छन्।
विश्वभर युवा र किशोरी महिलामा मातृत्वको घटना कम हुँदै गएको सङ्केत उत्साहजनक रहेको भनिएको छ तर यो दिशामा प्रगतिको गति अझै चिन्ताजनक छ। ६० वर्षअघिको तथ्याङ्कको कुरा गर्ने हो भने करिब ५० प्रतिशत महिला २० वर्ष वा सोभन्दा कम उमेरमा आमा बन्ने गरेका थिए। यूएनएफपीएका अनुसार यी केसहरू प्रत्येक दशकमा करिब तीन प्रतिशतको दरले घट्दै गएका छन्।
युएनएफपीएका कार्यकारी निर्देशक डा नतालिया कानेम भन्नुहुन्छ- विकासोन्मुख देशहरूमा महिला जनसङ्ख्याको झन्डै एक तिहाइ किशोरावस्थामा आमा बन्न थालेपछि विश्वले किशोर किशोरीहरूलाई सहयोग गर्न असफल भएको प्रस्ट हुन्छ। यस्तो अवस्थामा, यससम्बन्धी जानकारी र सेवाहरूमा उनीहरूको पहुँच सकेसम्म चाँडो सुनिश्चित गरिनुपर्छ।
कार्यकारी निर्देशक डा नतालिया कानेमका अनुसार यस्तो अवस्थामा सरकारले किशोरीहरूका लागि अवसर, स्रोत र सीपको विस्तार गर्दै किशोरीहरू र अनिच्छित गर्भधारणबाट बच्नका लागि सरकारले लगानी गर्नुपर्नेमा जोड दिएका छन्। कार्यकारी निर्देशक डा नतालिया भन्नुहुन्छ- यी किशोरीहरूले कहिले आफ्नो जीवनको बाटो आफैँ निर्णय गर्ने मौका पाउनेछन्। त्यसपछि बाल्यकालमा आमा बन्ने केसहरू पनि लगातार घट्दै जानेछन्।
आवरण तस्बिरस् बङ्गलादेशकी किशोरी आमास् आफ्नो २ महिनाको छोरा र पतिका साथमा १४ वर्षीय काया। तस्बिर सौजन्यस् संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए)को प्रतिवेदन