निर्देशक तथा नायक हुत्त सञ्जय लामाद्वारा निर्मित फिल्म ‘दार्बुङ’ को च्यारिटी सो हुने भएको छ ।
असार ३२ गते हुने च्यारिटी शो हुने चलचित्रमा चलिआएको रीतिरिवाज गरिबी, अशक्त व्यक्तिले आफ्नो इच्छा आकाङ्क्षालाई दबाएर समस्यासँग लडिरहेको जीवनलाई देखाइएको नायक एवं निर्देशक लामाले जानकारी दिए ।
सैलुङअनलाइनको युट्युब च्यानलद्वारा सञ्चालित मनोरञ्जन संवादमा उनले भने‚ ‘चलचित्रमा एउटा गरिबी परिवारमा जन्मेका अशक्त युवाको जीवनयापनका दौरानमा भोगेका वास्तविक कथा र तामाङ समुदायको परम्परागत चालचलन मामा चेला र फुपू चेलीको बिचको प्रगाढ सम्बन्धलाई चलचित्रले चित्रण गरेको छ । ’
त्यसै गरी नायिका सुनिता लुङ्बाले चलचित्रमा छोरी चेलीको जीवन र माटोको भाँडा जस्तै रहेको बताइन् । उनले फिल्म भावनात्मक रहेको छ । सुटिङमा काम गर्न सहज र अभिनय सक्कल गरेको बताइन् ।
फिल्म हेरिसकेपछि दर्शकको राम्रो प्रतिक्रिया पाउने आशा निर्देशकले लामाले बताए । फिल्म देशविदेशमा पनि प्रदर्शनको दौरामा छ । उनले फिल्मी क्षेत्रमा समेत महँङ्गीको मारमा परेको बताए ।
स्वर्गीय जयनन्द लामाको चिनो स्वरूप उक्त फिल्म सम्झनाको रूपमा रहेको दार्बुङ फिल्मलाई हेरेर प्रतिक्रिया गर्न निर्देशक लामाको अनुरोध रहेको छ ।
चलचित्रमा नायिका सुनिता लुङ्बा‚ नायक हुत्त सञ्जय लामा र मनबहादुर तामाङको अभिनय देख्न सकिन्छ ।दार्बुङमा स्व जयनन्द लामा‚ डोमा ह्योल्मो‚ भुइसल लामा‚ मायादेवी मोक्तान‚ राजकुमार मोक्तान‚ सिर्जना गोले‚ इन्द्रबहादुर स्याङ्तान‚ पेमा योन्जन‚ सागर तामाङ‚ सुनमाया घिसिङ‚ सागर तामाङले अभिनय रहेका छन् ।