संबिधान दिवसको अवसरमा निजगढ नगरपालिकाले बिहिबार वृहत सरसफाई कार्यक्रम गरेको छ । नगरपालिकाको मुख्य बजार क्षेत्रमा पर्ने पुर्व पश्चिम लोकमार्ग क्षेत्रमा सरसफाई गरेका हुन् ।
नगरपालिकाको महामारीका रुपमा फैलिएको डेंगु रोग नियन्त्रणका लागि सडक वरिपरिका खल्डाखुल्डीमा औषधि छरेका थिए ।
कार्यक्रममा नगरप्रमुख सुरेस कुमार खनालले नगरलाई सुन्दर र सफा राख्न नागरिकको साेंचमा परिवर्तन हुन आवश्यक रहेको बताए । उनले फोहोर गर्ने र जथाभावी फोहोर फाल्ने प्रवृत्तिको अन्त्य गर्न सके यसरी सडक र सार्वजनिक स्थलमा झाडु बोकेर हिड्न नपर्ने बताए ।
कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकाय, संचारकर्मी, राजनीतिकर्मी लगायत स्थानीय टोल बिकास संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेका थिए ।
नगरपालिकाले संबिधान दिवसलाई भव्य बनाउन ३ दिने कार्यक्रमको आयोजना गरेको छ । जसअन्तर्गत आश्विन २, ३ र ४ गते साँझ नगरभित्रका सम्पूर्ण कार्यालय तथा घरहरुमा दिपावली गर्नेछ ।