मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाले लागुपदर्थ र औषधी दुर्व्यसनविरुद्ध अभियान अन्तर्गत विद्यालय सचेतना कार्यक्रम सुरु गरेको छ ।
मङ्गलवार बज्र इण्टरनेशनल कलेजबाट अभियानको थालनी गरेका हुन्।
अभियानको थालनीमा गोकर्णेश्वर नगरपालिकाका पूर्व उपमेयर शान्ति नेपाल, ओशोधाराका प्रमुख आचार्य महेन्द भट्टराई, शान्ति समाजका पूर्व सभापति उत्तम पुडासैनी, बज्र इण्टरनेशनल कलेजका अध्यक्ष चन्द्रदीप लामा (काजु)को उपस्थितिमा सुरु गरेका हुन् ।
त्यस्तै नेपाली काँग्रेस काठमाडौँ जिल्ला क्षेत्र नं ३ प्रदेश ‘क’ सभापति श्रीराम चालिसे , गोकर्णेश्वर नगरपालिका वडा नं ८ का अध्यक्ष नन्दलाल श्रेष्ठ, गोकर्णेश्वर नगरपालिका वडा नं ९ का अध्यक्ष राजीव थापा, समाजसेवी मन्दिर तिमल्सिना, बज्र कलेजका निर्देशक रत्नमान आँसु, शान्ति समाजका महासचिव रामकृष्ण बराल, , जयराम दंगाल तथा शान्ति समाज काठमाडौँ शाखाका सचिव प्रमोद फुयाँल लगायतको उपस्थिति रहेको थियो ।