नेपाल रग्बी सङ्घ, बागमती प्रदेशको अध्यक्षमा विनोद तामाङ निर्वाचित भएका छन् । हालै सम्पन्न प्रथम महाधिवेशनले नेपाल रग्बी सङ्घका राष्ट्रिय प्रशिक्षक तथा प्रशिक्षण र शिक्षा विभाग प्रमुख विनोद तामाङ अध्यक्षसहित ११ सदस्यीय कमिटी चयन गरिएका हुन् ।
समितिको उपाध्यक्षमा बिनु खडका र महेश चन्द्र महत, सचिवमा राजु पौडेल, कोषाध्यक्षमा युवराज श्रेष्ठ रहेका छन् ।
त्यस्तै सदस्यहरूमा नीरज खडका, प्रकाश बराल, सुभाष लामा, बृन्दा अधिकारी र गोविन्द पौडेल छन् ।
नेपाल रग्बी सङ्घका सदस्य इन्द्रबहादुर ग्याबकको सभापतित्वमा अर्याल होटेल काठमाडौँमा सम्पन्न भएको हो ।
प्रदेश खेलकुद परिषद्का सदस्य हिक्मत थपलियाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त
निर्वाचन मण्डलमा नेपाल रग्बी सङ्घको केन्द्रीय सचिव गोविन्द घिमिरे, नेपाल स्कुल रग्बी आयोगका अध्यक्ष जेबी दीपक अधिकारी र नेपाल रग्बी महिला विभागका प्रमुख एलिसा थापा रहेको थियो ।
ऐतिहासिक प्रथम महाधिवेशनमा नव निर्वाचित कमिटीलाई बधाई दिँदै प्रदेश खेलकुद परिषद्का सदस्य हिक्मत थपलियाले विश्वमा चर्चित खेल रग्बीलाई प्रदेश परिषद्ले विशेष रूपमा लिइएको बताए । उनले आगामी दिनका रग्बीको विकास र विस्तारमा जनस्तरबाट उठान गर्न कार्यक्रम र योजनाहरू ल्याउनुको साथै आउँदो नबौ राष्ट्रिय खेलकुदमा स्वर्णको लागि नव गठित बागमती रग्बी सङ्घ सँग सहकार्य गर्दै योजना र कार्यक्रमहरू ल्याउने जानकारी दिए ।
कार्यक्रममा प्रदेश खेलकुद परिषद्का सदस्य धन कुमार मैनाली, रग्बी सङ्घका महासचिव चेतनराज गिरी, सचिव गोविन्द घिमिरे, कोषाध्यक्ष विजय मोक्तान, सदस्य शान्ता कुमार मेहेता, नेपाल बास्केटबल सङ्घका सदस्य निरञ्जन सत्याल लगायतका अतिथिहरूले मन्तव्य व्यक्त गरिएको थियो ।
नव निर्वाचित अध्यक्ष विनोद तामाङले रग्बी सङ्घले विश्वास गरी आफूलाई दिइएको जिम्मेवारीलाई आफ्नो दक्षताले भ्याएसम्म बागमती प्रदेशमा रग्बीलाई विद्यालय स्तरबाट नै विकास र विस्तार गर्ने र यस अभियानमा आफ्ना सहकर्मी कमिटीमा आफूलाई पूर्ण विश्वास भएको बताए ।