उपसभामुख निर्वाचन : संसद्मा अङ्कगणित, अनिर्णीत लोसपा

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
42 Shares
काठमाडाैं

दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा हाल दुई सय ७१ सांसद छन् । जसमध्ये सत्ता गठबन्धनमा नेपाली काँग्रेसका ६१, नेकपा माओवादी केन्द्रका ४९, एकीकृत समाजवादीका २३, जसपाका २० र जनमोर्चाका १ सांसद छन्।

एमालेको पक्षमा ९८ जना मात्रै सांसद छन्। उपसभामुखमा निर्वाचित हुनका लागि तत्काल कायम रहेको सांसद सङ्ख्याको बहुमत आवश्यक पर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्था छ। अर्थात् हाल २ सय ७१ सांसदको बहुमत १ सय ३६ हुन्छ ।

सत्तारुढ गठबन्धनसँग १ सय ५४ सांसद छन् । चार सांसद रिक्त छन् भने चार जना निलम्बनमा छन् । १३४ मत भए बहुमत पुग्ने हुँदा काँग्रेस, माओवादी र नेकपा एसको मत नै जितका लागि पर्याप्त छ।

अनिर्णीत लोसपा

१३ सांसद भएको लोकतान्त्रिक समाजवादीले कसलाई मत दिने भन्नेबारे टुङ्गो लगाएको छैन । लोसपा सांसद चन्दा चौधरीका अनुसार उपसभामुखमा कुन उम्मेदवारलाई साथ दिने भन्ने आज दिउँसो बस्ने बैठकले टुङ्गो लगाउने छ ।

उपसभामुखमा सत्तारूढ गठबन्धनका तर्फबाट काङ्ग्रेसकी सचेतक पुष्पा भुसाल गौतम र एमालेबाट विद्या भट्टराई चुनावी मैदानमा छन् ।

तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले ६ माघ २०७६ मा राजीनामा दिएपछि संसद्ले उपसभामुख पाएको छैन ।

आज उपसभामुख पाउँदै संघीय संसद्

सङ्घीय संसद्को तल्लो सदन प्रतिनिधिसभाले आज उपसभामुख पाउने भएको छ । आज अपराह्न ३ बजे बस्ने प्रतिनिधिसभा बैठकमा उपसभामुखका लागि मतदान हुनेछ ।

उपसभामुखमा सत्तारूढ गठबन्धनका तर्फबाट काङ्ग्रेसकी सचेतक पुष्पा भुसाल गौतम र एमालेबाट विद्या भट्टराईको उम्मेदवारी दर्ता भएको छ ।

उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव गर्ने, समर्थकले समर्थन गर्ने, उम्मेदवारको सूचीमाथि सामूहिक छलफल हुने र दर्ता क्रमअनुसार निर्माणार्थ प्रस्तुत हुनेछ । र, बहुमतका आधारमा निर्वाचित भएको घोषणा सभामुखबाट हुनेछ ।

६ माघ ०७६ मा शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि उपसभामुख पद रिक्त छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया