तामाङ कथानक चलचित्र ‘दार्बुङ’ को विशेष प्रदर्शन भएको छ । शनिबार काठमाडौँको राष्ट्रिय नाचघरमा औपचारिक कार्यक्रमसहित चलचित्र प्रदर्शन गरेका हुन् ।
‘दार्बुङ’मा एउटा गरिब परिवारमा जन्मेका अशक्त युवाको कथा जोडिएको छ । त्यस्तै तामाङ समुदायको परम्परागत चालचलन मामा चेला र फूपुचेलीको बिचको प्रगाढ सम्बन्धलाई चित्रण गरिएर तयार पारेको छ ।
चलचित्रमा समसामयिक विषयवस्तुलाई समेट्दै एउटा गाउँको परिवेश जोडिएको छ । फिल्ममा सुनिता लुङबा, हुत्त सन्जय लामाको भूमिकाले पर्दा ओगटेको छ । उनीहरूको अभिनय मौलिक छन् ।
चलचित्रको कथा पुरानै भएपनि समयसँगै पात्रहरूमा आएको परिवर्तनले फिल्मलाई नवीनतम दिइएको छ ।
चलचित्रमा स्व जयनन्द लामाले अभिनय गरेका अन्तिम तामाङ चलचित्र रहेको छ । उनको अभिनयको बयान गर्नु यसमा कम हुन्छ नै । उनको अभिनयले सार्थकता दिएका छन् ।
चलचित्रको दर्शकको दायरा साँघुरो भए पनि हल भरिभराउ भएको थियो । चलचित्रमा करिब बढी आँसुका दृश्यहरूले हलमा रहेका दर्शकलाई मौन बनाएका थिए ।
दार्वुङमा हुत्त सञ्जय र अर्जुन खड्काद्वारा निर्देशित गरिएको छ ।
फिल्ममा सुरज श्रेष्ठले द्धन्द निर्देशन, अर्जुन खड्काले सम्पादन, दीपक तामाङले मिक्सिङ, प्रज्वल राउतले छायाङ्कन, कर्साङ लामाले पार्श्व सङ्गीत गरेका छन् ।
निरमाया घिसिङको कथा, लोसाङ लामा र इकेस लामाको संयुक्त निर्माणमा बनेको उक्त चलचित्रलाई पर्खाई मोक्तानले सह निर्माण गरेका हुन् ।
त्यसै गरी मानबहादुर तामाङ, करेसा वाइबा, सुस्मिता तामाङ, राम तामाङ, सुनमाया तामाङ सिर्जना गोले, डोमा ह्योल्मो, पेमा योञ्जन तामाङ, दीपेश लामा, रुदेन माझी, हिरन माझी, क्रीष्टल मगर, मायादेवी मोक्तान, भुईसाल लामा, राजकुमार तामाङ,इन्द्रबहादुर स्याङ्तान, दोर्जे मोक्तान लगायतका कलाकारहरूको अभिनय छन् ।
त्यस्तै औपचारिक कार्यक्रममा जनजाति चलचित्र महासङ्घका अध्यक्ष अमृत सुनुवारले तामाङ फिल्म निर्माण गरेकै सबैले भाषा, संस्कृतिको उपलब्धि भएको बताए । किनकि उनले तामाङ भाषाको चलचित्रमा भाषा, समाज र संस्कृतिको समसामयिक विषयवस्तुमा समेटिएर बनाएकाले अहिलेका पुस्ताले थाहा पाउन तामाङ चलचित्रहरू माध्यम बनेको बताए ।
त्यस्तै उनले जनजातिहरूले निर्माण गरेका चलचित्रहरू कठिनाइ रहेको बताउँदै यसले व्यावसायिक आम्दानी भने गर्न नसकेको बताए ।
त्यस्तै नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान बलले तामाङ भाषाको चलचित्र करिब २ सयको हाराहारीमा बनेको बताए । उनले भने,‘चलचित्रहरू जति बने पनि प्रिमियर शो मै सीमित रहेकोले व्यावसायिकतामा जान नसकेको हो ।’ उनले चलचित्र मनोरञ्जनको साधक मात्रै नभई समाज परिवर्तनमा मुख्य भूमिका रहेको बताए । यसले सकारात्मक सन्देश दिनेसमेत उनको भनाइ थियो ।
त्यसै गरी तामाङ चलचित्र सङ्घका अध्यक्ष कुमार मोक्तानले २०५२-२०७९ सम्म आइपुग्दा प्रीमियर शो मै सीमित रहेकोमा दुख पोखे । उनले तामाङ कलाकारहरू जति छन् तर त्यसो दाँजोमा उत्पादनमा भने कम रहेको औँल्याए । ‘तामाङ चलचित्रको स्तर राष्ट्रियस्तरमा न्यून रहेको छ , अध्यक्ष मोक्तानले भने,‘तामाङ चलचित्रका निर्माता, निर्देशक मल्टी रोल भएकाले गुणस्तर ल्याउनमा चुकेको छ ।अबका दिनमा फिल्मको गुणस्तर र स्तरीय बनाउनुपर्छ ।’
चलचित्र ‘दार्बुङ’ स्व जयनन्द लामाको अन्तिम तामाङ चलचित्र समेत हुन्।
यो पनि
- तामाङ चलचित्र ‘दार्बुङ’ को ट्रेलर रिलिज‚ प्रदर्शन मिति असार मसान्तमा
- दर्शक रुवाउछ दार्बुङले – नायक एवं निर्देशक लामा (भिडियो)