स्वास्थ्यको मापदण्ड पूरा गरी रसुवागढी नाका दुईतर्फी नै सञ्चालनमा ल्याइने भएको छ । असार ३० गते नेपाल चिन सीमा सम्बन्धी परामर्श बैठकले कोभिडको मापदण्ड पालना गरेर नाका सञ्चालनमा ल्याउने निर्णय गरेका हुन् ।
कोभिड सुरु भएपछि नाका एकतर्फी भएका कारण धेरै समयसम्म निर्यात ठप्प भई पर्याप्त सामग्री आयात भएको थिएन । दुई तर्फी नै सञ्चालनमा ल्याउन नेपाल तर्फबाट परराष्ट्र मन्त्रालयका उत्तर पूर्वी एसिया महाशाखाका प्रमुख लोकबहादुर थापा र चीनतर्फबाट चिनियाँ परराष्ट्र मन्त्रालयका सीमा तथा समुन्द्र सम्बन्धी मामिला विभागका महानिर्देशक होङलिआङले भर्चुअल माध्यमबाट भएको बैठकको नेतृत्वले उक्त नाका खोल्ने छलफल भएको छ ।
नेपाल र चीनमा व्यापारिक हिसाबले कठिनाइ भएपछि रसुवागढी नाका दुईतर्फी रूपमा नै सञ्चालनमा ल्याउन लागिएको बताइएको छ ।
२०७६ माघ १५ देखि २०७७ जेठ तेस्रो साता सम्म नाका बन्द गरिएको थियो । हाल नाका एकतर्फी रूपमा सञ्चालनमा रहेको छ ।२०७१ सालदेखि औपचारिक रूपमा सञ्चालनमा आएको रसुवागढी नाकमा दैनिक साढे तीन सयदेखि चार सयसम्म साना तथा ठुला गाडी आवतजावत गर्दथे ।
नेपालबाट चीनतर्फ अम्रिसोको कुचो, काठको टेबल, बाँसको मुढा लगायतका सामान निर्यात हुन्थे । कोभिड पछि यी सामान चिन तर्फ निर्यात ठप्प नै छ ।तर चिन वाट भने फलफूल, टेलिकमका समान, जलविद्युत आयोजनाको सामान, ईलोक्ट्रिक, रेडिमेट आयात भइरहेका छन् ।