जोरपाटीस्थित सन्तबिर तामाङको घरमा बोरिङ खन्ने क्रममा ग्यास निस्किएको छ । केही दिनदेखी बोरिङ गरिरहेको आज बिहान करिब १०:३० बजे ग्यास र लेदो निस्किएको हो ।
स्थानीय पाइथगोरस ईन्स्टिच्युटका सन्चालक मोतिलाल तामाङका अनुसार ३०० फिट बोरिङ गर्दा आज बिहान ग्याससहित माटोको लेदो निस्किएको बताए ।
बोरिङ खनेको वरपरका १५–२० घरमा लेदो माटोले ढाकिएको छ । जमिनमुनिबाट निस्केको लेदो माटो र ग्यासलाई हावाले उडाएर टाढा टाढासम्म पुर्याएको छ ।
त्यस क्षेत्रका मुख्य सडकमा गुडिरहेको सवारीसाधन र मानिसलाई हिँडडुल समस्यामा परेका छन् ।
जोरपाटी बौद्ध, जोरपाटी सुन्दरीजल, जोरपाटी दक्षिणढोका सडकखणडमा चल्ने सवारीसाधन पूर्ण रूपमा अस्तव्यस्त भएको छ । यही क्रममा प्रहरी बरिष्ठ नायव निरीक्षक दिपेन्द्र कुमार केसी जोरपाटी चोकमा अस्तव्यस्त भएको सवारी अवगमानको व्यवस्थापन गरिरहेका छन ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1