ग्लोबल आइएमई बैंकले संविधान दिवसमा वृक्षारोपण

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
काठमाडाैं

ग्लोबल आइएमई बैंकले संविधान दिवसको उपलक्ष्यमा वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ ।

बैंकले काठमाडौं महानगरपालिका वडा नं. ३ सँगको सहकार्यमा काठमाडौंको पानीपोखरीदेखि महाराजगंजसम्मको सडक पेटिका विभिन्न स्थानमा करिब २ सय वटा रुखका विरुवा रोपेका छन् ।

कार्यक्रममा काठमाडौं महानगर वडा नं. ३ का अध्यक्ष दिपक केसी, बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, कायममुकायम प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल, सहायक महाप्रबन्धकहरु सुरेन्द्र रेग्मी र आरती राज्यलक्ष्मी राणालगायत पदाधिकारी, बैंकका अन्य कर्मचारी र स्थानीयवासीको सहभागिता रहेको थियो ।

बैंकले संविधान दिवसकै अवसरमा आयोजित र्यालीमा पनि सहभागिता जनाएका थिए । र्याली बैंकको कर्पोेरेट कार्यालयदेखि सुरु भई टुँडिखेलमा सरकारद्वारा आयोजित कार्यक्रममा सहभागीता जनाएका थिए । यससगैं बैंकका मुख्य शाखाहरुमा दीपावली पनि गरिएको छ ।

यसका साथै बैंकका उपत्यका बाहिर रहेका शाखाहरुले पनि संविधान दिवसको अवसरमा वृक्षारोपण, वित्तीय साक्षारता तथा दीपावलीका कार्यक्रमहरु आयोजना गरेका छन् ।

तपाईको प्रतिक्रिया