सांसद नवीना लामा भन्छिन्- हतारमा बोल्दा मिस्टेक भयो

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
266 Shares
काठमाडौं

सांसद नबिना लामाले बुधवार प्रतिनिधि सभाको शून्य समयमा आफूले बोल्ने क्रममा नेपाली टोनमा कमजोर भएका कारण अशुद्ध हुन गएको बताएकी छन् ।

संसद्को १ मिनेटको समयमा हतारमा बोल्दा मिस्टेक हुन गएको बताएकी हुन् । उनले भनिन्‚‘आफैले लेखेका कुरा १ मिनेटमा बोलिसक्नुपर्ने हो‚ त्यसमा हतार गर्दा शब्दमा चिप्लिएको हो ।’

सांसद लामाले भनिन् ‚‘मेरो अरुबेला पनि केही शब्द बिग्रिन्छ किनभने म नेपाली टोनमा कमजोर पनि छु ।’

सांसदमा लामाले स्वास्थ्य समस्याबारे सदनमा कुरा उठाएकी थिइन् ।

उनले गङ्गालाल हृदय रोग अस्पतालमा अक्सीजेनेरेटरको अभावमा मुटुको शल्यक्रिया गर्ने काम रोकिएको विषय सदनमा उठाएकी थिइन् । उनले लिखित रूपमा ल्याएका कागजमा हेरेर बोल्ने क्रममा शल्यक्रियाको सही उच्चारणमा अशुद्ध हुन पुगेकी हुन्।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका