सांसद नवीना लामाद्वारा भाषामा अशुद्ध भएकोमा स्वीकार, समस्यालाई डाइभर्ड गरेकोप्रति दुखित

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
1337 Shares
काठमाडाैं

सांसद नबिना लामाले बुधवार प्रतिनिधि सभाको शून्य समयमा आफूले बोल्ने क्रममा नेपाली टोनमा कमजोर भएका कारण अशुद्ध हुन गएको बताएकी छन् ।

संसद्को १ मिनेटको समयमा हतारमा बोल्दा मिस्टेक हुन गएको बताएकी हुन् । उनले भनिन्‚‘आफैले लेखेका कुरा १ मिनेटमा बोलिसक्नुपर्ने हो‚ त्यसमा हतार गर्दा शब्दमा चिप्लिएको हो ।’सांसद लामाले भनिन् ‚‘मेरो अरुबेला पनि केही शब्द बिग्रिन्छ किनभने म नेपाली टोनमा कमजोर पनि छु ।’

सांसदमा लामाले स्वास्थ्य समस्याबारे सदनमा कुरा उठाएकी थिइन् ।

लामाले सामाजिक सञ्जालमा लेखिएकी छन्,’आज मैले जिरो समयमा बोल्ने क्रममा भाषामा अशुद्ध भएको कुरामा स्वीकार गरे। म नेपाली भाषामा पहिल्यैदेखि कमजोर छु । मैले अरू बेला पनि बोल्ने लेख्ने विषयमा गल्ती नै गरिरहेको छु । यो विषयमा सच्याउने कोसिस गरिरहेछु । मैले आज सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रमा मुटुको शल्यक्रिया सेवा बन्द भएको छ । अत्यावश्यक ‘अक्सिजेनेटर’ सकिए पनि अस्पतालले बेलैमा प्रबन्ध नगर्दा मङ्गलवार एकै दिन ४५ जना बिरामीलाई बेडबाट निकालेर घर पठाइएको छ कान्तिपुर दैनिकमा प्रकाशित समाचारको आधारमा मैले सदन मा मुटु रोगीहरू उपचारको अभावमा छटपटिनुरहेको पीडालाई प्रस्तुत गर्नेक्रममा सरकार र सम्बन्धित पक्षहरूलाई ध्यानाकर्षण गरेको हो ।गरिब जनताको स्वास्थ्य जीवनप्रति खेलवाडलाई यथाशीघ्र उपचारमा जोड र सेवा प्रवाह गर्न माग,दबाब स्वरूप आफ्नो धारणा राखेकोमा भाषिक समस्यालाई मात्रै ध्यान गर्दै विषयको गाम्भीर्यतालाई अन्तै तोडमरोड गर्दै समस्यालाई डाइभर्ड गरेको DC Nepal, रातोपाटी ,Tamang दाजुभाई दिदीबहिनीहरू, राजनीति कार्यकर्ता ,नेताहरुको तल्लो स्तरको तर्कहरू पाए। मैले तपाईँहरूको सुझाव प्रति म सजक नै छु । सकारात्मक सुझाव प्रति भोलिका दिनहरूमा सच्याउने प्रतिबद्धता व्यक्त गर्दछौ । तर मेरो व्यक्तिगत र राजनीतिक चरित्र हत्या गर्न खोज्ने प्रति म फेरि पनि भन्न चाहन्छु कि मुटुको शल्यक्रिया जस्तो संवेदनशिल विषय मा दलाली माफियाका करणको चन्ङ्गुल मा सरकार फस्नु हुँदैन ।यस्तो कार्य हुनु निन्दनीय छ ।म निरन्तर खबरदारी गरी नै रहन्छौ चाहे भाषा र टोन मिलोस् या नमिलोस् ! ! ! ‘

यो पनि

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका