रसुवागढीको शेयर बिक्री गर्न ३ वर्ष कुर्नु नपर्ने

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
63 Shares
रसुवा

आयोजना प्रभावित जिल्लावासीका लागि रसुवागढी जलविद्युत आयोजनाले निष्कासन गरेको शेयर नेपाल स्टक एक्सचेन्ज ( नेप्से ) मा सूचीकृत भएपछि ३ वर्ष कुर्नु नपर्ने भएको  छ। कम्पनीका सचिव नरनाथ न्यौपानेका अनुसार नेप्सेमा सूचीकृत भएर शेयर धनीको डिम्याट खातामा आएपछि बिक्री गर्न पाउने निर्णय भई स्थानीयहरूको शेयर ३ वर्षसम्म रोक्का नहुने बताए ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीको लागि ६८ लाख ४२ हजार १०० कित्ता सेयर निष्कासन गरेको थियो । आइपीओमा न्यूनतम १० कित्ता र अधिकतम ७०० कित्तासम्म आवेदन दिन सकिने छ।

कम्पनीले गोसाईंकुण्ड गाउँपालिका-१ थुमन र वडा नम्बर २ टिमुरेलाई अति प्रभावित, प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङ्मो गाउँपालिका-४ गोल्जुङ र वडा नम्बर ५ चिलिमे र गोसाईंकुण्ड गाउँपालिका-४ लाङटाङ, ५ स्याफ्रु र ६ धुन्चेलाई प्रभावित तथा बाँकीलाई सामान्य प्रभावित गरी तीन भागमा वर्गीकरण गरिएको छ।

निष्कासन गरिएको १० प्रतिशत शेयरमा अति प्रभावित, प्रभावित र सामान्यलाई क्रमशः ४.५:१.५:१ अनुपातमा सेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ।

निष्कासन बन्द छिटोमा असार २७ र ढिलोमा साउन १० गते तोकिएको छ।

आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम ७०० कित्तासम्म आवेदन दिन सकिने छ। आइपिओमा नेपाल धितो पत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण सि-आस्बा सदस्य बैङ्क तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिने छ।

जिल्ला समन्वय समिति रसुवा र रसुवागढी जलविद्युत कम्पनीले गरेको सर्वदलीय छलफलपछि सर्वसाधारणका लागि कम्पनीले सेयरको पुनरावलोकनका लागि सिफारिस गरेको थियो ।

निष्कासन भएको सेयर बिक्री वितरण गर्ने अवधि समाप्त भएपछि बढीमा १ महिना भित्र बाडफाड सम्पन्न गरी सो को ३५ दिन भित्र मा सूचीकृत गर्न सकिने छ ।

नोट : यस समाचारको शिर्षकमा गल्तीमा भएकाले सच्याइएको  छ। – सम्पादक

तपाईको प्रतिक्रिया

पत्रपत्रिका