उपत्यका सार्वजनिक यातायात विधेयक सबैको लागि हुनुपर्छ- सांसद पाख्रिन

सांसद पाख्रिनको प्रश्न-यो विधेयक अब कसको लागि व्यवस्था गर्ने ?

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
189 Shares
काठमाडौं

प्रतिनिधि सभाको बिहीबारको बैठकमा काठमाडौँ उपत्यका सार्वजनिक यातायात  प्राधिकरण गठन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सैद्धान्तिक छलफल भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईद्वारा पेश गरिएको विधेयकमाथि सांसद शान्तिमाया तामाङ पाख्रिनले धारणा राख्दै यो विधेयक अब कसको लागि व्यवस्था गर्ने ? भन्ने प्रश्न गर्दै यो विधेयक देशैभरका विभिन्न पेसा व्यवसाय गरेर बस्ने सम्पूर्ण गरिबी‚ दुखी र नोकरीहरूका लागि सम्बोधन गर्नुपर्ने बताइन् ।

सांसद पाख्रिनले भनिन‚‘ यो सार्वजनिक यातायात विधेयक काठमाडौँ, ललितपुर र भक्तपुरलाई समेटेर महानगरपालिका‚ नगरपालिका र वडा मात्र नभई देशका ७७ जिल्लामा बसोबास गरिरहेका विभिन्न व्यक्ति अत्यन्त गरिबी, रोजगार गर्ने विद्यार्थी‚ मजदुर जनताका प्रतिनिधिका लागि होस् ।’

उनले प्रश्न गरिन्‚ ‘यो विधेयक व्यवस्थित हुँदा मात्र उच्च पदका मन्त्रीले यातायात चढ्ने हो कि अरू बेला पनि चढ्ने हो ।’

‘सार्वजनिक यातायातमा यात्रा गर्दा महिलाहरू सुरक्षित हुनुपर्‍यो, ज्येष्ठ नागरिक, शारीरिक अशक्त भएका व्यक्ति, अध्ययनरत विद्यार्थीहरूको लागि ५० प्रतिशत छुटको व्यवस्था हुनुपर्छ र यो कुराको सुनिश्चित यो विधेयकले गर्दा मात्र गरिबहरूले वास्तविक अनुभूति गर्नु हुनेछ’‚ उनले भनिन् ।

विधेयकमाथि सांसद गणेशकुमार पहाडी‚ सूर्यप्रसाद पाठक‚ पदम गिरी‚ देवप्रसाद गुरुङ‚ प्रेम सुवाल‚ मोहन बानियाँ‚ सरिताकुमारी गिरी‚ कमल रोका‚ विमला विश्वकर्माले आआफ्नो धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया