एसइईको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
189 Shares
काठमाडौं

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गरेको छ ।

बुधवार अपराह्न बसेको बोर्ड बैठकको निर्णयअनुसार एसइईको नतिजा सार्वजनिक गरिएको हो । सार्वजनिक नतिजाअनुसार उच्च जिपिए ल्याउन नौ हजार ६३३ जना रहेका छन् ।

गत ९ वैशाखदेखि सुरु भएको परीक्षामा ११ हजार ६१५ विद्यालयका पाँच लाख १४ हजार ७ ६० जना परीक्षार्थी सहभागी थिए । देशभरका दुई हजार ७०० परीक्षा केन्द्रबाट उनीहरूले परीक्षा दिएका थिए ।

४ जिपिए ल्याउने विद्यार्थी ९६३३ रहेका छन् । त्यस्तै ३.६ सम्म ल्याउने ४१‚६२७ जना रहेका छन् ।

यसैगरी ३.२ सम्म ल्याउने ६९‚९००‚ २.८ ल्याउने ९०‚५५८ जना‚ २.४ सम्म ल्याउने १‚१३‚७३३ जना‚ २.०० ल्याउने १‚०५‚१९४‚ १.२ ल्याउने ३‚२८० जना‚ १.६ ल्याउने ४४‚५८६ जना र २२‚६४० अनुपस्थित रहेका छन् ।

कोरोना महामारीका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाटै नतिजा सार्वजनिक गरेका थिए । यसवर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो ।

यसरी हेर्न सकिन्छ नतिजा

नेपाल टेलिकम, जानकी टेक्नोलोजी प्रालि, इजी सर्भिस प्रालि, आकाश टेक प्रालिमा सर्टकोड हालेर नतिजा हेर्ने सकिनेछ । त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी, स्प्यारो पे प्रालि, निमा एडुकेशन फाउण्डेशन, कान्तिपुर पब्लिकेशन, द कनेक्ट प्लस प्रालि, इडियु सञ्जाल र रिडर्स पोइन्ट प्रालिले पनि नतिजा सार्वजनिक गर्ने बताइएको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका