ठग्स अफ नेपालमा साठी दशकको कथा 

काठमाडाैं

साठीको दशकको अगाडिको कथालाई उतारेर लघु चलचित्र ठग्स अफ नेपाल सार्वजनिक भएको छ ।

बुधबार एक कार्यक्रमबीच विशेष शो गरी सार्वजनिक गरेको हो । यसलाई रोशन चन्द ठकुरीले निर्देशन गरेका छन ।

चलचित्रमा पत्रिका शरोज श्रेष्ठ, जसन लोप्चन, निराजन रेग्मी, पत्रिका घिमिरे लगायतले अभिनय गरेको छ ।

हास्यप्रधान तथा ब्यङ्यात्मक बनाउन कलाकारले अब्बल भूमिका निभाएका छन् । चलचित्रको कथामा तत्कालीन समयको चलचित्र निर्माण र मिडियाको वास्तविकता उतारेका छन् ।

चलचित्रलाई जसन लोप्चनले सम्पादन गरेको हो भने सह निर्देशन मिरा गुरुङ र सुमन गजमेरले गरेका छन् ।

चलचित्रको उत्पादन व्यवस्थापन निरन्जन रेग्मीले गरेका छन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया