समोसामा किरा भेटेपछि जिल्ला प्रशासनको छापा

मुकेश कुमार यादव स‌चारकर्मी
35 Shares
सिराहा

सिराहाको माँ भगवती बेकरी एन्ड स्विट्स हाउसको समोसामा किरा भेटिएको सूचना पाएपछि जिल्ला प्रशासन कार्यालय सिराहाका अनुगमन टोलीले छापा मारेको छ । सेवा ग्राहीको नास्तामा किरा फेला परेको सूचना प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालय सिराहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीको निर्देशनमा प्रशासकीय अधिकृत नेतृत्वको अनुगमन टोलीले माँ भगवती बेकरी एन्ड स्वीट्स हाउसमा छापा मारेको हो ।

टोलीले माँ भगवती बेकरी एन्ड स्वीट्सको किचेन र होटेलमा खानेकुरा राखिने स्थानको अनुगमन गरेको छ ।

टोलीले गल्ती सुधार गर्न र सरसफाइमा पूर्ण ध्यान दिन होटेलका सञ्चालक गणेश साहलाई चेतावनी दिइएको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले बताए ।

अनुगमनको क्रममा उक्त होटेलमा आत्याधिक खाने सामग्रीहरु बासी पाइएको प्रशासकीय अधिकृत श्याम राउतले जानकारी दिए । होटेलमा अत्यधिक फोहोर र अव्यवस्थित तरिकाले कर्मचारी खटाइएकोले खाने समानमा किरा भेटिनु स्वाभाविक रहेको उनले बताए ।

बुधवार दिउँसो चाट नास्ता खादा समोसा भित्र मरेको अवस्थामा किरा फेला परेको थियो । गोलबजारका सेवाग्राही राम भरोसी यादवले किरा परेको समोसा खादा आफू बिरामी परेको दाबी गरेका छन्। उनका अनुसार होटेलमा सरसफाइको बारेमा पटक–पटक सचेत गराउँदा पनि होटेलका सञ्चालक गणेश साहले बेवास्ता गरेका थिए ।
मान्छेको भिडभाड हुने होटेलमा किरा भेट्नु मानव स्वास्थ्य जीवन उपर ठाडो खेलबाड भएको पत्रकार महासङ्घका निवर्तमान केन्द्रीय सदस्य देवकुमार यादवले बताए ।

उक्त होटेल वरपर जिल्ला अदालत,मालपोत कार्यालय ,रेडक्रस सोसाइटी ,वार एसोसियनलगायतका कार्यालय छन् । यसैबिच नास्तामा मरेको माहुरी भेटेको होटेल सञ्चालकले स्वीकारेका छन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका