जंगली च्याउ खाँदा रसुवाको ११ जना बिरामी

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
28 Shares
रसुवा

रसुवाको आमाछोदिङमो गाउँपालिकाको पुरानो तातोपानी क्षेत्रमा जङ्गली च्याउ  खाँदा ११ जना बिरामी परेका छन् ।

उनीहरुलार्इ उपचारका लागि तत्कालै बिरामीको उद्धार गरी बुधवार दिउँसो जिल्ला अस्पताल धुन्चे पुर्‍याइएको छ । ११ जनामध्ये चार जना  गम्भीर अवस्था भएकाले त्रिशूली अस्पताल रिफर गरिएको जिल्ला अस्पताल धुन्चेका मेडिकल अधिकृत डाक्टर निरज फोजुले जानकारी दिए ।

बिरामीहरु तातोपानी क्षेत्रका र लमजुङ जिल्लाको रहेका छन् । उनीहरूले के काम गर्थे भन्ने यकिन नभएको बताइएको छ ।जङ्गली च्याउ खाएर गम्भीर भएर रिफर गरिएको  बिरामीको पनि स्वास्थ्यमा सुधार भइरहेको बताइएको छ।

जङ्गलमा च्याउ खोज्न जाँदा पहिचान नभएका च्याउ लगायत तरकारीको रूपमा उपयोगी हुन्छ भनेर कुनै पनि चिज  झट्ट नखान आग्रह गरिएको रसुवा अस्पताल का डाक्टर फोजुले बताए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका