शिवकाे भिडियाेलाई लिएर आलोचना भएपछि माग्ने बुढाले माफी मागे, हटाए भिडियाे

सैलुङअनलाइन
सैलुङअनलाइन सवांददाता
105 Shares
काठमाडौं

हाँस्य टेलिभिजन कार्यक्रम कमेडी हबमा शिवलाई मजाक बनाइएको भन्दै विरोध भएपछि निर्देशक केदार घिमिरे ‘माग्ने बुढा’ले माफी मागेका छन्।  आइतबार साँझ सार्वजनिक १०औं भागको ट्रेलरमा देखिएको छोटो क्लिपका कारण कमेडी हब र केदारको चर्को विरोध भएपछि उनले साेमबार माफी मागेका हुन् ।

क्लिपमा शिवको चरित्रलाई उच्छृंखल देखाइएको भक्तजनको आरोप थियो । चाैतर्फी विरोध र आलोचना भएपछि सामाजिक सञ्जाल र युट्युबबाट समेत क्लिप हटाइएको छ।

माग्ने बुढाले माफी माग्दै फेसबुकमा लेखेका छन्, ‘हामीले प्रसारण गर्दै आइरहेको कमेडी हब कार्यक्रमको एक प्रस्तुतिमा आराध्यदेव माहादेवलाई लिएर बनाइएको बिषयवस्तुप्रति दर्शक तथा शुभचिन्तकज्यूहरूले देखाउनु भएको प्रतिक्रियाप्रति हाम्रो ध्यानाकर्षण भएको छ । अन्जानमै हामीबाट भएको त्रुटिप्रति सम्पूर्ण दर्शकज्यूहरूसमक्ष हामी क्षमा माग्दछौं। साथै हामीले सम्पूर्ण दर्शक, शुभचिन्तकहरुको सल्लाह र परामर्शबमोजिम यो विषयवस्तुलाई युट्युब, टिकटक र फेसबुक सबैतिरबाट हटाइसकेका छौं।’​

आदरणीय दर्शक तथा शुभचिन्तकज्युहरुमा नमस्कार ।
हामिले मिडिया हब मार्फत निर्माण र AP1 तथा media hub युट्युब channel बाट प्रसारण गर्दै आइरहेको कमेडी हब कार्यक्रमको एक प्रस्तुतीमा आराध्यदेब माहादेबलाई लिएर बनाइएको बिषय बस्तु प्रति दर्शक तथा शुभचिन्तकज्युहरुले देखाउनु भएको प्रतिक्रिया प्रती हाम्रो ध्यानाकर्षण भएको छ । अन्जान मै हामी बाट भएको त्रुटि प्रती सम्पूर्ण दर्शकज्युहरु समक्ष हामी क्षमा माग्दछौ । साथै हामिले सम्पूर्ण दर्शक ,शुभचिन्तकहरुको सल्लाह र परामर्श बमोजिम यो बिषयबस्तुलाई युट्युब / टिकटक / फेसबुक सबैतिर बाट हटाइ सकेका छौ। बम बम भोले । जय भोले ।
– केदार प्रसाद घिमिरे
निर्देशक
कार्यक्रम कमेडी हब

तपाईको प्रतिक्रिया