रसुवामा सम्बन्ध विच्छेदको मुद्दा बढ्यो

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
42 Shares
रसुवा

विगतका वर्षहरूमाभन्दा यस आर्थिक वर्षमा हिमाली जिल्ला रसुवामा सम्बन्ध विच्छेदका मुद्रा बढ्दै गएको छ ।

विगतका आर्थिक वर्षको तुलना गर्दा रसुवा जिल्ला अदालतमा दायर भएका देवानी तथा फौजदारी समेत विभिन्न ६४ थान मुद्दामध्ये ५० प्रतिशत भन्दा बढी सम्बन्ध विच्छेदको रहेको छ ।

अघिल्ला वर्षहरूमा २९ जनाले मात्रै सम्बन्ध विच्छेद गरेका थिए । २०७८/०७९ को तथ्याङ्क हेर्दा यो सङ्ख्या बढेर ३५ पुगेको छ ।विगतको तुलनामा यस एक वर्षको अवधिमा २० दशमलव ६८ प्रतिशतले वृद्धि भएको रसुवा जिल्ला अदालत ले जनाएको छ ।

यस्तै जिल्ला अदालतमा जबरजस्ती करणी, चोरी, ठगी, ज्यान मार्ने उद्योग, सवारी ज्यान, अपहरण, जग्गा खिचलोजस्ता विविध प्रकारका मुद्दा दायर भएका थिए ।

विगतको जिम्मेवारी सरेका र गत वर्ष दायर भएका समेत ९९ मुद्दा विचाराधीन रहेकोमा ५९ थान फर्छ्योट भइसकेको बताउँदै अदालतका श्रेस्तेदार (उपसचिव) मुना अधिकारी ढकालले ४० वटा फैसला प्रक्रियामा अगाडि बढिरहेको जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका