रसुवाको आमाछोदिङमो गाउँपालिका वडा नम्बर ३ मा रहेको प्रसिद्ध धार्मिक स्थल पार्वतीकुण्डमा गोसाईंकुण्ड गएपछि यहाँ पनि पुग्नुपर्ने किंवदन्ती रहेको छ ।
हिन्दु धर्म अनुसार समुन्द्र मन्थन गर्दा निस्केको बिषले सारा मानव जाति नै मास्ने अवस्था आउँदा भगवान् शिवले त्यो विषलाई पिएको थियो । सारा मानव जगत् बचाउन खोज्दा, सो विषले भगवान् शिवको भित्रैदेखि जलन हुन थालेकोले थियो । सो जलनलाई कम गराउन हिमालय क्षेत्र उक्लिदा आफ्नो धर्मपत्नी पार्वती पनि सँगै लिएर आएको भन्ने किंवदन्ती पाइन्छ । हिमालय क्षेत्र उक्लिने क्रममा पार्वती हिँड्न नसकेपछि पार्वतीलाई हालको पार्वतीकुण्डमै छाडेर शिव मात्रै गएको र शिवले आफ्नो पार्वतीलाई छाडेर टाढा जान नसकी गोसाईंकुण्ड पुगेसि आफ्नै हातको त्रिशूलले पहाडमा प्रहार गरी पानी निकाली सो पानी पिई आफू त्यही बसेको भन्ने भनाइ छ।
बौद्ध धर्म अनुसार स्थानीय लामागुरुहरुका अनुसार बौद्ध धर्मका गुरु पद्मसंभप ‘गुरु रिम्पोर्छे’ ले ‘छोदिङमो’ (पार्वतीकुण्ड) भएको पत्ता लगाई तपस्या गर्न सगुनको रूपमा प्रयोग गरेको र ज्ञान प्राप्ति पश्चात् स्नानको लागि प्रयोग गरिएको किंवदन्ती जोडिएको छ ।
जीवनमा कम्तीमा एक पटक भने पनि दर्शन गर्नै पर्ने पवित्र धार्मिक स्थल,‘छोदिङमो’ पार्वती कुण्डमा हरेक वर्षको जनै पूर्णिमा भव्य मेला लाग्छ ।
हजारौँको सङ्ख्यामा हिन्दु धर्मावलम्बी तथा बौद्ध धर्मावलम्बीहरू स्नान गरेर आफूले मनले चिताएको पुग्ने विश्वास छ । टाढा टाढादेखि बर्सेनि स्नान गरी मेला भर्न आउने गरेका छन् । पार्वती माताको दर्शन तथा कुण्डको जलले स्नान गरी आफूले चिताएका मनोकाङ्क्षा पूरा गर्नुका साथै मनोरम प्राकृतिक दृश्य देख्न सकिन्छ ।
बोझोले पुरिएको पार्वतीकुण्ड गाउँपालिकाको सहयोगमा बोझो पन्छाउने, धारा निर्माण शौचालय निर्माण गरेर व्यवस्थापन गरिएको छ ।गोसाईंकुण्ड जति प्रचार भएको छ । तर पार्वतिकुण्ड भने ओझेलमा रहेको छ । समुन्द्र सतहदेखि २ हजार पाँच सय ५० मिटरको उचाइ रहेको पार्वतीकुण्ड यहाँ पनि एकादशीदेखि जनैपूणिर्मासम्म विशेष मेला लाग्दछ ।
कसरी पुगिन्छ त ?
सङ्घीय राजधानी काठमाडौँबाट बस,जिप,टाटा सुमो,रिजाभ गरेर एकै दिनमा पुग्न सकिन्छ ।हैन त्यही वसौ भन्ने हरूका लागि होटेल,लज होमस्टे, हरू रहेका छन् ।काठमाडौँ , गल्छी, त्रिशूली, बेत्रावती, कालिकास्थान, राम्चे, ठाडे, धुन्चे हुँदै स्याफ्रुवेसि रोङगा, चिलिमे, गोल्जुङ, गत्लाङ हुँदै एकै दिनमा पार्वती कुण्ड पुग्न सकिन्छ ।
के-के खान, हेर्न पाइन् ?
स्थानीय हिमाली तामाङ, मौलिक तामाङ संस्कृति झल्काउने गीत सङ्गीत नाचगान र मौलिक भेषभुषा लाई नजिकबाट हेर्न पाइन्छ भने त्यहाँको अर्ग्यानिक खानेकुरा खान पाइन्छ ।