काङ्ग्रेस प्रवक्ता महत प्रत्यक्ष निर्वाचन लड्ने तयारी

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
980 Shares
काठमाडौं

नेपाली काङ्ग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले प्रत्यक्षबाट निर्वाचन लड्ने बताएका छन्। बिहीबार नुवाकोटका पत्रकारहरूसँग आफ्नै निवासमा कुराकानी गर्दै प्रवक्ता महतले सो कुरा बताएका हुन् ।

निर्वाचन आउँदै छ, तपाईँको क्षेत्र काठमाडौँको ५ नम्बर कि नुवाकोटको १ त? पत्रकारले प्रश्न राखे । जवाफमा उनले भने‚‘सल्लाह पनि चलिरहेको छ। साथीहरूको सद्भाव रह्यो भने जाने हो ।’

महतले भने यस पटक आफू प्रत्यक्ष निर्वाचन लड्ने प्रस्ट पारे। काठमाडौँ क्षेत्र नम्बर ५ बाट निर्वाचन लड्ने चर्चा चलिरहँदा महतले गृह जिल्लाबाटै निर्वाचन लड्ने मनसायसमेत राखे।

‘मेरो पहिलो प्राथमिकता प्रत्यक्षमै चुनाव लड्ने हो र जितेर संसद्मा जाने गरी नै तयारी गरेको छु,’ महतले भने।

पूर्व अर्थमन्त्री रामशरण महत स्वास्थ्यका कारण प्रत्यक्ष निर्वाचनमा नजाने बताइएसँगै प्रवक्ता महत नुवाकोट क्षेत्र १ मा दाबेदारका रूपमा देखिएका हुन्। रामशरण प्रकाश शरणका दाइ हुन्।

अरूले टिकट पाए पनि असहयोग गर्ने पक्षमा आफू नरहेको महतको भनाइ थियो । पछिल्लो स्थानीय निर्वाचनमा केही तालमेल नमिलेको उनले स्वीकारे। नुवाकोटमा थप विकासका लागि पनि आफ्नो आवश्यकता रहेको महतको भनाइ थियो।

पाँच दलीय गठबन्धन भएमा भने महत काठमाडौँ ५ बाट भिड्नुपर्ने देखिन्छ। नुवाकोट क्षेत्र १ बाट माओवादीका हितबहादुर तामाङले चुनाव भिड्ने तयारी गरिरहेका छन्। महतले सङ्घ र प्रदेशको निर्वाचनमा पाँच दलीय गठबन्धन गर्ने गरी अघि बढिरहेको बताए।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका