नगरकोटमा पत्रकारिता तालिम सुरु

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ सवांददाता
203 Shares
भक्तपुर

तामाङ पत्रकार सङ्घ भक्तपुर शाखाद्वारा नगरकोटमा तीन दिने पत्रकारिता तालिम सुरु भएको छ । शुक्रवार एक कार्यक्रम गरी तालिमको उदघाटन गरेको छ ।

तालिममा उद्घोषण‚ व्यक्तित्व विकास र छापा‚ अनलाइन पत्रकारिता सम्बन्धी तालिम दिइनेछ । तालिममा २२ जनाको सहभागिता रहेको अध्यक्ष सुदिन दोङले जानकारी दिए ।

व्यावसायिक पत्रकारिता आजको आवश्यकता‚ तामाङ पत्रकार सङ्घ शाखा भक्तपुरको प्रतिबद्धता भन्ने मूल नाराकासाथ २८ औँ तामाङ प्रसारण दिवसको अवसरमा पारेर आयोजना गरेको अध्यक्ष तामाङले जानकारी दिए । उनले भन‚‘पत्रकारिता जगातमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले तालिम आयोजना गरेको हो ।’

तालिमको प्रशिक्षकमा अमरध्वज लामा र विकासदेव योन्जनले रहेका छन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका