अभियान लघुवित्तको आइपिओ भर्ने आज अन्तिम दिन

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
0 Shares
काठमाडाैं

अभियान लघुवित्तको आइपिओ भर्ने साउन २२ गते अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।

कम्पनीले साउन १८ गते देखि ९ करोड ७५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अङ्कित मूल्यका दरले ९ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासन गरेको छ । यो मध्ये ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोष र १२ हजार ५०० कित्ता सेयर कर्मचारीहरूका लागि छुटाइएको छ । बाँकी ९ लाख १३ हजार ७५० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

यसमा साउन २२ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा प्राप्त बैङ्क, वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

इक्रा नेपालले लघुवित्तलाई इक्राएनपी इस्यूअर रेटिङ’ डबल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन पुरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ । यो आइपीओमा मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका