रिचार्जपोखरी फुट्दा १० भन्दा बढी घरमा क्षति, स्थानीयले राती नै घर छोडे

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
196 Shares
दोलखा

भीमेश्वर नगरपालिका वडा नं ३ मा रहेको रिचार्ज पोखरी फुट्दा १० भन्दा बढी घरमा क्षति पुर्‍याएको छ । आइतबार परेको अविरल वर्षाका कारण नगरपालिकाको खोरथली सामुदायिक वनभित्र रहेको रिचार्ज पोखरी फुटेका हुन् ।

पोखरी फुटेर मऱ्याङ खोलामा आएको बाढीले नगरपालिका–२ र ३ का १० भन्दा बढी घरमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै वडा नं १ को पाखाटोल बस्तीमा पनि ठुलो क्षति पुगेको छ ।

आइतबार राति बाढी आए लगत्तै स्थानीयले घर छाडेका थिए । बाढीले गरेको क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ ।

लगातारको वर्षाका कारण जिल्लाको विभिन्न स्थानमा गएराती बाढी र पहिरो गएको छ । बाढीका कारण दोलखा-चरिकोट सडक खण्ड मध्यरातीदेखि अवरुद्ध भएकोमा केहीबेर अघिदेखि एकतर्फी सुचारु भएको दोलखाका प्रहरी निरिक्षक राजु सिग्देलले जानकारी दिए ।

अहिले दुईतर्फी सञ्चालनका लागि सडकबाटो खुलाउने प्रयास भइरहेको दोलखा प्रहरीले जनाएको छ।

यस्तै, उता सिंगटीमा पनि बस्ती माथिबाट राती पहिरो गएको छ । सिंगटी बजारस्थित खोलिखिममा पहिरो जाँदा दुई वटा घरका क्षति पुगेको स्थानीयले बताएका छन् । सिंगटीको लादुक जाने सडकको पुलसँग जोडिएको खोलीखिम बस्तीमा सडकको ग्याविन सहितको पहिरो आएपछि बस्तीनै जोखिममा परेको छ।

बाढीबाट पीडामा परेका बासिन्दालाई तत्काल उद्धार र राहत सहयोग तथा बस्ती संरक्षणको लागि पहल गरिदिन सबैमा अनुरोध गरेका छन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया