अधिकृतको कार्यकक्षमा ताला लगाउने निजगढका मेयर पुरीको कार्यकक्षमा गरे कार्यपालिका सदस्यले तालाबन्दी

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
84 Shares
निजगढ

प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालयमा हाजिर गर्न नदिई कार्यकक्षमा तालाबन्दि गरिएका निजगढका नगरप्रमुख सुरथ पुरी र उपप्रमुख सोममाया थिङको कार्यकक्षमा पनि सोमबार तालाबन्दी गरिएको छ । नगर कार्यापालिका सदस्यहरुले सोमबार नगरप्रमुख पुरी र उपप्रमुख थिङको कार्यकक्षमा तालाबन्दी गरेका हुन ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट खटाईएका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरि नगर प्रमुख सुरथ पुरीले कार्यालयमा हाजिर हुन नदिएकोप्रति कार्यपालिका सदस्यहरुले विरोध जनाएका हुन ।

मन्त्रालयले खटाएको कर्मचारीलाई काम गर्न दिनुपर्नेमा नगरप्रमुखले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताल्चा लगाउनु नगर प्रमुखले कर्मचारी माथि दबाब सृजना गरेको कार्यपालिका सदस्यहरुले जनाएका छन । प्रमुख प्रशासकीय अधिकृत प्रकरणलाई लिएर गत श्रावण १७ गते नै नगर प्रमुखलाई ध्यानाकर्षण गराएपनि नगर प्रमुखले आफुहरुको ध्यानाकर्षणलाई बेवास्ता गर्दै समस्या समाधानमा उदासिन भएकोले बाध्य भएर तालाबन्दी गर्नुपरेको प्रतिक्रिया दिएकाछन ।

प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा तलाबन्दि गरेर डिजिटल हाजिर मेशिन निकालिने,अधिकार क्षेत्र भन्दा बाहिर गएर कर्मचारिहरुलाई नगर प्रमुखले कागजी हाजिर गर्न लगाउने,प्रमुख प्रशासकिय अधिकृत कार्यालयमा प्रवेश गरे आक्रमण गराउनकोलागी कार्यालयको सिसि टिभी क्यामेरा बन्द गराएर आफ्नो पार्टी नेकपा एमालेका कार्यकर्तालाई नगर कार्यपालिका कार्यालयमा उतार्ने, नगरसभा सम्पन्न गराई नगरपालिकको वार्षिक कार्ययोजना र बजेट पास गर्नुपर्नेमा बेवास्ता गरि कार्यपालिकाको नियमित बैठक नराख्ने जस्ता असहनिय कार्यहरु गर्दै नगर प्रमुले आफ्नो पदको दुरुपयोग गर्नुभएको उल्लेख गर्दै कार्यपलिका सदस्यहरु पनि नगर प्रमुखको विवादित गतिविधिको विरोधमा उत्रिनुपरेको वडा नम्बर १३ का वडा अध्यक्ष सुर्य घलानले बताए । नगर प्रमुखले यस्ता गतिविधि बन्द गरि नगर कार्यपालिका कार्यालयलाई निकास नदिए आफुहरु थप रचनात्मक विरोधका कार्यक्रमच गर्न बाध्य हुने घलानले बताए । उपभोक्ता समितिहरुले गत आर्थिक वर्षमा सम्पन्न गरेका योजनाहरुको भुक्तानीकोलागी हालसम्म प्रक्रिया अगाडि बढिसक्नु पर्नेमा प्रमुख प्रशासकिय अधिकृतको अभावमा सो प्रक्रिया अड्किएर बसेकोले यस गतिविधिले उपभोक्ता समितिहरुप्रती थप आर्थिक समस्या सृजना गराउन नगर प्रमुख सुरथ पुरी लागिपरिरहनुभएको पनि कार्यपालिका सदस्यहरुले जनाएका छन। प्रमुख प्रशासकिय अधिकृत नहुदा कार्यालयबाट एक दुई दिनमै गरिसक्नुपर्ने महत्वपूर्ण सेवाहरु ग्रहण गर्न कार्यालय पुग्ने सेवाग्राहीहरु बिना काम फर्किन बाध्य भएकोप्रती पनि दुख प्रकट गरेका छन ।

जनप्रतिनिधि भएपछी नागरिककको सेवामा लाग्नुपर्नेमा नगर प्रमुखले उल्टै नगरबासिहरुलाई दुख दिइरहेएको उनीहरुको दाबि छ । नगर प्रमुखले प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा लगाएको ताला खोली प्रमुख प्रशासकिय अधिकृतलाई कार्यालयमा काम गर्ने वातावरण बनाएर गतिरोध अन्त्य नगरेसम्म नगर प्रमुख र उपप्रमुखको कार्यकक्षमा ताल्चा लगाउदै नगर प्रमुखलाई सहज वातावरण सृजना गर्न आग्रह गर्ने वडा नम्बर ८ का अध्यक्ष स्वर्ण लामाले बताए ।

वडा अध्यक्ष लामाले कर्मचारीको पछी लागेर नगर प्रमुखले कार्यपालिकालाई नै बन्दक बनाउनतर्फ लाग्नु दुखद भएको बताए । नगर प्रमुख पुरीले भने कार्यपालिका सदस्यहरुले आफ्नो कार्यकक्षमा गरेको तालाबन्दी बारे आफु अनविज्ञ रहेको जनाएको छ । आफु कार्यगत शिलशिलामा हाल काठमाडौंमा रहेको बताउँदै नगर प्रमुख पुरीले जारि गतिरोधको समाधानमा लागिरहेको जनाए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कारण नगरपालिकामा विवाद उत्पन्न भएको नगर प्रमुख पुरीको प्रतिक्रिया रहेको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका