नेपालि कांग्रेसको जारी दोश्रो चरणको राष्ट्रिय जागरण अभियान अन्तर्गत बारा निर्वाचन क्षेत्र नम्बर १ प्रदेशसभा ‘क’ को क्षेत्रीय कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पूर्व स्वास्थ्य मन्त्री एव) कांग्रेसका केन्द्रीय सदस्य उमाकान्त चौधरीले आफ्नो क्षेत्रमा कांग्रेसलाई एकढिक्का बनाएर राख्ने प्रतिबद्धता व्यक्त गरिन् । चौधरीले पार्टी बलियो भएमा मात्रै विपक्षीलाई चुनौती दिन सक्ने भएकाले जस्तोसुकै अवस्थामा पनि पार्टीलाई एकढिक्का बनाउन सबै जुट्नुपर्ने धारणा व्यक्त गरिन् । पूर्वमन्त्री चौधरीले भनिन, ‘कांग्रेसले नेतृत्व पाए मात्रै देश समृद्धिको दिशातर्फ अघि बढ्नेछ ।’
कार्यक्रममा कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा निजगढ नगरपालिकाका नगर प्रमुख सुरेसकुमार खनालले पार्टी भित्रका जिम्मेवार पदाधिकारीहरुले कार्यकर्तामुखी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । नेता खनालले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले जनतामाझ समान व्यवहार देखाउन सके आगामी निर्वाचनमा नेपाली कांग्रेस देशको पहिलो पार्टी हुने विश्वास गरे ।
त्यस्तै बारा निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा क का नेपाली कांग्रेसका प्रत्यासी तथा महाधिवेशन प्रतिनिधि पेमासिद्धि लामाले व्यक्तिगत विचार भन्दा पार्टीको सिद्धान्त अनुसार अघि बढे कांग्रेस देशको बलियो पार्टी बन्नेमा कसैले रोक्न नसक्ने बताए । लामाले पार्टीभित्र व्यक्तिवाद हावी भएकाले कार्यकर्तामाझ पार्टीको सिद्धान्त र विधानसम्मत चल्ने कुशल नेतृत्वको खाचो रहेको औल्याए ।
क्षेत्र नम्बर १ प्रदेशसभा क की सभापति रामकुमारी गोलेको सभाध्यक्षमा सम्पन्न भएको थियो ।