मेलुङमा बाढीले १५ वटा घर क्षति‚ गाउँपालिकाले राहत उपलब्ध गराउने

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
84 Shares
दोलखा

दोलखाको मेलुङ गाउँपालिकामा मगंलबार राति आएको वर्षाले बाढी आएर १५ वटा घर टहरामा क्षति पुगेको छ । बाढीले त्यस क्षेत्रका एउटा पक्की घर पुरिएको छ भने अन्य मोटरसाइकल वर्कसप‚ पसलहरू रहेको टहरा क्षति पुगेका छन् ।
गाउँपालिकाबाट पीडितलाई तत्काललाई आवश्यक पर्ने सबै सामग्री व्यवस्था गरिदिएका छन् ।

बाढीले क्षति पुर्‍याएपछि गाउँपालिका अध्यक्ष हिराकुमार थोकरले सो स्थानको निरीक्षण गरेका थिए ।

अध्यक्ष थोकरले उक्त क्षेत्रमा भएका क्षतिको अवलोकन गर्दै पीडितहरूलाई गाँस बासको अभाव भएमा गाउँपालिका अस्थायी व्यवस्थापन गरिदिने बताए ।

बाढीले मनोज कार्कीको टहरामा रहेका होटेलमा क्षति पुगेका छन् ।

स्थानीयका अनुसार भारी वर्षाको कारण एक्कासि बाढी आएर सबै बगाएको जनाएका छन् ।

घटनास्थलमा डोजर प्रयोग गरी पहिरो लगायतको व्यवस्थापन गर्ने गरी काम अगाडि बढाएको गाउँपालिकाले जनाएको छ ।

त्यस्तै बाढीका कारण वडा नं।६ मा ३,४ घर बस्न नहुने गरी क्षति र वडा नं नं।२ मा ४ वटा घर र वडा नं १ पनि क्षति पुगेका छन् ।

गाउँपालिका अध्यक्ष थोकरका अनुसार यस वर्ष गाउँपालिका भरि बाढी पहिरोले क्षति पुगेका सबैलाई राहत उपलब्ध गराउने जानकारी दिए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका