गोसाईंकुण्ड १० हजार तीर्थयात्री पुगे (फोटो फिचर)

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
168 Shares
काठमाडाैं
तस्विर : खोजराज गोले

गोसाईंकुण्डमा हरेक वर्ष जनपूर्णिमाको अवसर पारेर १० हजार तिर्थयात्रीहरूले मेला भरेका छन् । जनैपुर्णिमाको अवसर पारेर धादिङ, रामेछाप, धादिङ, भक्तपुर, पर्वत, लमजुङ, तनहुँ, रौतहट, नवलपरासी, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, झापा, ललितपुर, काठमाडौँ लगायतका देशभरका तीर्थयात्री पुगेका छन् ।

गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर ५ मा रहेको गोसाईंकुण्डमा नागपन्चमिदेखि जनपूर्णिमासम्म १० हजार भन्दा बढी बौद्ध तथा हिन्दु धर्मावलम्बीले दर्शन गरेका छन् ।

यात्राको क्रममा घट्टेखोला, देउराली, डिम्सा, चन्दनवारि, चोलाङपाटी, लौरीबिना, बुद्ध डाँडा र गणेश गौंडाजस्ता स्थानहरूबाट मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।

गोसाईंकुण्ड नेपालको दोस्रो ठुलो पदमार्ग अन्तरगत पर्दछ । धेरै जसो स्वदेशी तथा विदेशी विद्यार्थीहरू यस क्षेत्रमा अध्ययन तथा अन्वेषणको आउने गरेको गोसाईंकुण्ड क्षेत्र विकास समिति रसुवाका अध्यक्ष सञ्जीव डिएमले बताए ।

नेपालका राष्ट्रिय विभूति अमरसिंह थापाले पनि आफ्नो देह त्याग गोसाईंकुण्डमै गरेका थिए । त्यस स्थानमा उनको सालिक बनाइएको छ।

गोसाईंकुण्ड क्षेत्रमा तामाङ समुदायको बसोबास रहेको छ। यात्रामा भेटिने तामाङ संस्कृति र प्रकृतिका छटाले पनि मन तान्छन् । तामाङ समुदायको भेषभुषा‚ रहनसहन‚ संस्कृति यस क्षेत्रको अर्को आकर्षणको केन्द्र हो।

मेलाका बेला गोसाईंकुण्डमा विभिन्न लामा, झाँक्री नाच तथा तामाङ सेलो नृत्य समेत देख्न सकिन्छ।यसै कारण यस क्षेत्रको चर्चा परिचर्चा दिन प्रतिदिन बढ्दो छ ।

धार्मिक किंवदन्ती

परापूर्व कालमा देवता र मानवबिच युद्ध भई समुन्द्र मन्थन गर्दा निस्केको कालकुट नामक विषले सारा जगतलाई नै नोक्सान हुन लागेपछि यसबाट सम्पूर्णलाई छुटकारा दिलाउन भगवान् शिवलाई हारगुहार गरेको थियो रे । भगवान् शिवले विषबाट बचाउन आफैले विष निलेपछि घाँटीमा अड्कियो । त्यसलाई शान्त पार्न शीतलता खोज्दै हिमालयन क्षेत्र गोसाईंकुण्डतर्फ आउँदा रसुवाको धैवङकोट‚ कालिकामाई मन्दिरमा आई विश्राम लिने क्रममा भगवान् शिवले शिरमा बोकेर हिँड्ने महाकाली देवीलाई स्थापना गरी गोसाईंकुण्ड भएको किंवदन्ती छ ।

पुरोहित टङ्कप्रसाद ढकालका अनुसार सोही स्थानमा कालिका मन्दिर निर्माण गरी पूजा गर्न थाले । अहिले त्यस क्षेत्रलाई कालिकास्थान भनी नामकरण गरिएको उनी बताउँछन् ।

त्रिशूल धारा

शिव भगवान् विषले आकुल व्याकुल भएर हालको गोसाईंकुण्डमा रहेको ठाउँमा गई पानीको अभावमा काकाकुल भइरहँदा त्रिशूलले ढुङ्गामा हानेपछि पानी निस्कियो । त्यसपछि त्रिशूल धारा भनी नामकरण गरियो । त्रिशुलधाराबाट बगेर बनेको पोखरी शिव डुबुल्की मारेर विराजमान भयो । गोसाईंकुण्डको लम्बाइ र चौडाइ ३७० मिटर रहेको छ ।

पापबाट मुक्ति मिल्ने

यस कुण्डमा नुहाएमा पापबाट मुक्ति मिल्ने र मनोकामना पूरा हुने विश्वास छ । विशेष गरी जनै पूर्णिमा र दशहरामा मेला लाग्दछ तर आजभोलि बाह्रै महिना भक्तजनहरू आउने गर्दछन् । गत वर्षदेखि कोभिडका कारण पर्यटकहरू आवतजावतमा रोक लगाइएको छ ।

यहाँ आन्तरिक तथा बाह्य र भारतबाट लाखौँको सङ्ख्यामा श्रद्धालु भक्तजनहरू आउने गर्दछन्।कुण्ड मार्गका ठुला ठुला ढुंङ्गाहरुमा विभिन्न आकृतिहरू दृश्यहरू देखिन्छ।

कुण्डैकुण्डको जिल्ला रसुवा

गोसाईंकुण्ड क्षेत्रको पहिलो कुण्ड, सूर्यकुण्डु । यहाँबाट केही तल झरेपछि आइपुग्छ, गोसाईंकुण्ड । यो कुण्डमा शिवको आकृतिको मूर्ति जस्तो गेरु रङको चट्टान देखिन्छ। गोसाइँकुण्डका वरिपरि नौ कुण्ड छन् भने त्योभन्दा माथि पश्चिमपट्टि पाँच कुण्ड छन् ।

यहाँको प्राकृतिक बनावट र कुण्डहरूले नै यसलाई आकर्षक गन्तव्य स्थल बनाइदिएको छ । भैरव कुण्डमा भने भक्तजनहरू दर्शन गर्न जान नहुने मान्यता छन् । टाढाबाट हेर्दा कालो देखिने यो कुण्ड सायद निक्कै गहिरो भएको हुनुपर्छ। तर यहाँ आजसम्म कोही पनि जाने गरेको पाइँदैन। यहाँ रहेका कुण्डहरूमध्ये गोसाईंकुण्ड नै सबैभन्दा ठुलो कुण्ड हो।

गोसाईंकुण्ड र कालिकास्थानको महिमा युगौँदेखि एक आपसमा जोडिँदै आएको छ। धार्मिक मान्यता अनुसार गोसाईंकुण्ड यात्रामा जाने क्रममा बाटैमा पर्ने कालिकामाईको दर्शन गरी गोसाईंकुण्ड (गोसाईंनाथ) जाँदा यात्रा सहज हुनेर भगवान् शिव खुसी हुने आस्था जनमानसमा रही आएको छ ।

गोसाईंकुण्ड नेपालको दोस्रो ठुलो पदमार्ग अन्तरगत पर्दछ । धेरै जसो स्वदेशी तथा विदेशी विद्यार्थीहरू यस क्षेत्रमा अध्ययन तथा अन्वेषणको आउने गरेको गोसाईंकुण्ड क्षेत्र विकास समिति रसुवाका अध्यक्ष सञ्जीव डिएमले बताए ।

नेपालका राष्ट्रिय विभूति अमरसिंह थापाले पनि आफ्नो देह त्याग गोसाईंकुण्डमै गरेका थिए । त्यस स्थानमा उनको सालिक बनाइएको छ।

गोसाईंकुण्ड क्षेत्रमा तामाङ समुदायको बसोबास रहेको छ। यात्रामा भेटिने तामाङ संस्कृति र प्रकृतिका छटाले पनि मन तान्छन् । तामाङ समुदायको भेषभुषा‚ रहनसहन‚ संस्कृति यस क्षेत्रको अर्को आकर्षणको केन्द्र हो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका