काठमाडौँ-४ बाट चुनाव लड्ने हेम बमजन भन्छन्‚ चुनाव जिताउनुस्, भ्रष्टाचारलाई निर्मूल पार्छु

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
1029 Shares
काठमाडौं

मङ्सिर ४ मा हुने सङ्घीय निर्वाचनमा हेम बमजनले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । काठमाडौँ महानगरपालिका वडा नं ११ कपनका बमजनले कृषिमा मुलुकलाई आत्मनिर्भर गराउँदै परनिर्भर अन्त्य गर्ने एजेन्डा अघि सार्दै उम्मेदवारी घोषणा गरेका हुन् ।

भारतमा कृषिको अध्ययन गरेर आएका ३४ वर्षीय भ्रष्टाचारलाई निर्मूल पार्ने पनि उनको एजेन्डा छ ।

बमजनले भने‚‘मैले कृषि क्षेत्रमा खोज अनुसन्धान गर्दै आएको छु‚ त्यसैले कृषिबाट देशलाई आत्मनिर्भर बनाउन सक्छु ।’ उनले कुनै दल वा कुनै सङ्घसंस्थाको सहयोगबिना स्वतन्त्र युवाहरूको सहयोगमा चुनाव लड्ने तयारी गरेको बताए ।

उनले चुनाव जित्नको लागि मत सर्वेक्षण लगायत प्रचारप्रसार टिमको तयारी समेत गरेको जानकारी दिए ।

बमजनले उम्मेदवारी घोषणा गरेको निर्वाचन क्षेत्रबाट २०७४ मा नेपाली काँग्रेस महामन्त्री गगन थापा निर्वाचित भएका थिए ।

बमजन यसअघि तामाङ पत्रकार सङ्घ बागमती प्रदेशका अध्यक्षका प्रत्याशी हुन् भने ललितपुर जिल्ला शाखाका सदस्य हुन् ।

आगामी मङ्सिरमा हुने चुनावका लागि सत्ता पक्ष र प्रतिपक्ष लगायतले चुनावमा को कुन क्षेत्रबाट चुनाव लड्नेमा तयारी गरिरहेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवारी दिनेहरू पनि धेरै देखिएका छन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका