के एल मोबाईल डिजिटलको अफरै अफर

सैलुङअनलाइन संम्वाददाता
0 Shares
काठमाडाैं

हिन्दुहरुको महान पर्व दशैं तिहारलाई लक्षित गरी के एल मोबाईल डिजिटलले विशेष अफर लिएर आएको छ । काठमाडौंको चुच्चेपाटी स्थित केएल टावरमा सञ्चालन भइरहेको मोबाईल मेलामा के एल मोबाईल डिजिटलले ग्राहकमाझ विशेष अफर लिएर आएको हो ।

के एल मोबाईल डिजिटलको विशेष अफरमा लक्की ड्रबाट बिजेतालाई बैङ्कक पतया टुर रहेको छ । यस्तै अन्य दुई जना विजेतालाई उफर, पाँच जनालाई स्पिकर र हरेक स्मार्ट मोवाईलको खरिदमा मुभी टिकट, कभर, टेम्पर ग्लासका साथै अन्य उपहारहरु रहेको कम्पनीका प्रवन्ध निर्देशक बालकुमार धिमालले जानकारी गराए ।

त्यस्तै मेलामा रहेका अन्य इलेक्ट्रोनिक सामान जस्तै टिभी, फ्रिज, एसी, मोवाइल, होम अप्लायन्सहरुमा ५० प्रतशितसम्म छुटका साथै बाई वान गेट वान फ्रि र सुन्य प्रतिशत व्याजदरमा किस्तावन्दीमा समेत उपलब्ध गराईरहेको निर्देशक धिमालले बताए । उनका अनुसार यो अफर यही असोज १ गतेदेखि कार्तिक १६ गतेसम्म रहेको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका