नेपाल दुरसञ्चार प्राधिकरण तथा मोबाइल फोन इम्पोर्टस एसोसियसनद्धारा ‘मोबाईल डिभाइस म्यानेजमेण्ट सिस्टम’ (MDMS) को संयुक्त कार्यशाला गोष्ठी सोल्टी होटलमा सम्पन्न गरियो । साउन २६ गते काठमाण्डौको सोल्टी होटलमा आयोजित गोष्ठीमा नेपालमा गैरकानुनी रुपमा भित्रिने मोबाइल फोनहरुको अनाधिकृत आयात नियन्त्रण गर्न नेपाल दुरसञ्चार प्राधिकरणले आउँदो भाद्र ३० बाट मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम सुरु गर्ने निर्णय गरिएको छ।
(MDMS) प्रणाली अनधिकृत रुपमा मोबाईल फोनहरु नेपालमा प्रवेशमा नियन्त्रण गर्ने उच्च प्रविधि हो । नेपाल मोबाइल वितरक संघ तथा अन्य विभिन्न संघसंस्थाहरुको सहभागितामा सम्पन्न भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि सचिव बैकुण्ठ अर्यालले देशको नियम र कानुनभित्र रही सम्बन्धित सरोकारवाला सबैसँग सहकार्य गरी जतिसक्दो चाँडो (MDMS) लागु गर्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा (MDMS) का उपाध्यक्ष सञ्जय अग्रवालले आउँदो भदौ ३० देखि औपचारिक रुपमा (MDMS) शुरुवात हुने र यसको दुई देखि तीन महिनामा शत प्रतिशत लागु हुनेछ । यो दुई–तीन महिनाको समयमा पुराना फोनलाई दर्ता गर्ने समयावधि प्रदान गर्ने हो र भदौ ३० उप्रान्त नेपालमा अनधिकृत आयातित मोबाईल सुचारु÷चल्ने छैन । यो कुरामा नेपाल दुर सञ्चार प्राधिकरणले सतःप्रतिशत प्रतिबद्वता दिएको छ त्यसकारण यसमा कुनैपनि शंका उपशंकाको ठाउँ रहने छैन । यो व्यवस्था नेपाल दूरसञ्चार प्राधिकरण र सम्पूर्ण मोबाईल व्यवसायीहरुलाई मात्र नभई देशका सुरक्षासँग पनि जोडिएको कारणले गर्दा हामी सबैले यसलाई सफल तुल्याउने दायित्व वहन गर्नुपर्दछ । यो योजनाबाट अर्थमन्त्रालयको राजस्व वृद्विमा ठूलो योगदान पुर्याउने छ । देशलाई नै चाहिने अति आवश्यक बृहत योजनालाई हामी सबै मिलेर अगाडि बढाउनुपर्छ भन्ने भनाई उनले प्रस्ट पारे ।
सोही कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक सुरेन्द्र लाल हाडाले (MDMS) को महत्व, विशेषता र प्रबिधिक पक्षबारे व्यापक विश्लेषण गर्दै यसको व्यावहारिक कार्यान्वयनका बारेमा महत्वपूर्ण जानकारी दिए । त्यस्तै अर्का नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक रेवती राम पन्तले MDMS BYLAWS 2075 का बारेमा बुँदागत रुपमा व्यख्या विश्लेषण गर्दै यसको औचित्य र आवश्यकता प्रष्ट पारिएको थियो । गोष्ठीलाई सम्बोधन गर्ने क्रममा NTC, NCELL, Smartcell, MPIA, NMDA / FNDBA लगायतका प्रतिनिधिहरुले पनि आ–आफ्ना विचार प्रस्तुत गरिएको थियो ।
गोष्ठीमा स्वागत गर्दै मोबाइल फोन इम्पोर्टस एशोसियसनका अध्यक्ष दिपककुमार मलहोत्राले अहिलेको समयमा यसलाई गाँस, बास र कपास पछिको अति आवश्यकीय बस्तुको रुपमा मोबाइल फोन मानिन्छ तर हाल पछिल्लो समय सरकारले विलासिताको बस्तुको रुपमा वर्गीकरण गरी मोबाइल फोन आयातमा प्रतिबन्ध लगाएकोमा दुख व्यक्त गर्दै सरकारको सो कार्यप्रति आपत्ति जनाएको थियो । सरकारले विदेशी मुद्रा सञ्चितिमा कमी नहोस् भन्ने उद्धेश्य राखेर मोबाइल आयतमा प्रतिबन्ध लगाउन खोजे पनि गैरकानूनी मार्गबाट भन्सार छलीका फोनहरु लाखौँको सङ्ख्यामा भित्रिदा रेमिट्यान्स मार्फत स्वदेश भित्रिने डलरमा समेत नकारात्मक असर पुग्नुका साथै सरकारले अरवौँ राजश्वसमेत गुमाउनु परेको तथ्यलाई समेत उनले प्रष्ट पारे । गैरकानुनी रुपमा भित्रिने फोनहरु मध्ये चोरीका, रिफर्बिस फोनहरु समेत आउने हुँदा एकातिर आम उपभोक्ताहरु ठगीमा पर्ने गरेका छन् भने अर्कातिर राजस्व घट्ने तथा मोबाइल व्यवसायीको व्यापारमा व्यापक गिरावट आई कर्मचारीहरुको कटौती सम्म गर्नुपर्ने वाध्यताले हजारौँको सङ्ख्यामा बेरोजगारी दर वृद्धि हुने अवस्था आएको तथ्य प्रष्ट गरे। मोबाइल फोनको व्यवसायमा देखिएको यो अनधिकृत आयातबाट उत्पन्न भयावह स्थितिले नेपाल प्रहरीको अनुसन्धान कार्यमा समेत कठिनाइ भइरहेको हुँदा (MDMS) लागु गर्न अब ढिला गर्न नहुने कुरा पनि अध्यक्ष मलहोत्राले राखे ।
कार्यक्रमको अन्त्यमा धन्यवाद ज्ञापन गर्दैै नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष श्री पुरुषोत्तम खनालले अब कुनै विशेष परिस्थिति बाहेक आगामी भदौ ३० बाट (MDMS) सिस्टम शुरु गर्ने प्रतिवद्धता समेत व्यक्त गर्दै कार्यक्रमको समापन गरिएको थियो ।