२८ औं तामाङ प्रसारण दिवस : दुई पत्रकारलाई ‘तामाङ मिडिया अवार्ड २०७९’

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
217 Shares
काठमाडौं

तामाङ पत्रकार सङ्घ केन्द्रले २८ औँ तामाङ प्रसारण दिवसको अवसरमा दुई जना पत्रकारलाई ‘तामाङ मिडिया अवार्ड २०७९’ प्रदान गरेका छन् ।

बुधवार काठमाडौँको भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा आयोजित समारोहमा पत्रकारद्वय सन्चकुमारी तामाङ ब्लोन (ललितपुर) र ईश्वर तामाङ (उदयपुर) लाई सो अवार्ड प्रदान गरेका हुन् ।

सङ्घले अवार्डसँगै नगद राशि प्रदान गरेका हुन् । सो अवार्ड बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले प्रदान गरेका थिए ।

लामो समयदेखि सञ्चारक्षेत्रमा सहभागी ब्लोन रेडियो थाहा सञ्चारमा समाचार सम्पादक र तामाङ राजधानी दैनिक लगायतका सञ्चार माध्यममा क्रियाशील छन् ।

कार्यक्रममा भाषा आयोगका सदस्य अमृत योञ्जन तामाङ, नेपाल तामाङ घेदुङ सहअध्यक्ष कुमारसिंह घिसिङ, अन्तर्राष्ट्रिय तामाङ परिषद्का वरिष्ठ उपाध्यक्ष टासी लामा, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) का उपाध्यक्ष अमरध्वज लामा, तामाङ समाज उत्तर अमेरिकाका तत्कालीन अध्यक्ष लक्यान लामालगायत विभिन्न दल र सङ्घसंस्थामा आबद्ध व्यक्तिहरूको उपस्थिति रहेका थिए ।

अध्यक्ष सुवास योञ्जन तामाङको अध्यक्षमा आयोजित कार्यक्रम महासचिव तीर्थमान बलले सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया