गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय समिति दक्षिण कोरियाको अध्यक्षमा यज्ञराज सुवेदी निर्वाचित भएको छ ।
आइतबार राजधानी सउलमा भएको सातौं महाधिबेशनको चुनावमा उनले ७ सय ९४ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी क्रमशः बिपिन गुरुङले ६ सय ५४ र बुद्धि गुरुङले ३ सय १८ मत ल्याएका छन् । प्रगतिशील समूहका सुवेदीको प्यानल धेरै पदमा जितेका छन् ।
बरिष्ठ उपाध्यक्षमा सुवेदीकै प्यानलबाट दिपक पुनले ९ सय ६६ मत ल्याएर विजयी भए भने उनका प्रतिद्वन्दी अमृत राईले ६ सय ३१ मत मात्र ल्याएका थिए । उपाध्यक्ष पदमा क्रमशः सन्जिवकुमार राई, सोमबहादुर वाइबा र यदु लामिछानेले ८ सय ३ मत, ७ सय ५ र ६ सय ९ मत ल्याइ निर्वाचित भएका छन् ।
त्यस्तै महासचिवमा बिमल सुवेदीले ८ सय ६३ मत, सचिवमा राजकुमार स्याङ्तानले ७ सय ७१ मत र मनोज गौतम गरी निर्वाचित भएका छन् । कोषध्यक्षमा चन्द्र राना ६ सय १ मत ल्याए भने युवा संयोजकमा अरुन श्रेष्ठले ८ सय ८९ मत प्राप्त गरी निर्वाचित भए ।
त्यस्तै आइसीसी सदस्यमा लक्ष्मी गुरूङ र ओम जुग्जाली निर्विरोध निर्वाचित भएका छन् भने महिला संयोजकमा शुभद्रा पालुङ्वा निर्विरोध चयन भएकी छन् ।
सदस्यहरूमा दिनेश चौँलागाई, उमेश पोख्रेल, ओमबहादुर कार्की, सुवासचन्द्र चौधरी, डा.अवधेशकुमार चौरसिया र बिश्वमणी दाहाल निर्विरोध विजयी भएका छन् ।
एनआरएनएमा २ हजार ८ सय ६९ जना पंञ्जिकृत सदस्य रहेका थिए । मतदानमा १ हजार ८ सय ३४ मत खसेको निर्वाचन समितिका संयोजक डा. देवीबहादुर बस्नेतले बताए । उनका अनुसार २२ मत बदर भएको थियो । चुनाव इलेक्टोनिक विधिबाट गरिएको थियो ।
दुई दिन चलेको महाधिवेशनमको उद्घाटन शत्रमा प्रमुख अतिथि एनआरएन केन्द्रीय अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुमार पन्त, मिडल इस्ट एसिया संयोजक आरके शर्मा, एनआरएन जापानका अध्यक्ष देवीलाल भण्डारीलगायतका अतिथिहरू आइपुगेका थिए ।
https://youtu.be/_tVLza_lXFM